exact trip date kaile ho? aaile jana sakinxa ki nai hola?
@MikuVlog226 жыл бұрын
March to May and September to November.
@devtamangtamang4136 жыл бұрын
so beautiful sindhuli
@badrineupane25648 жыл бұрын
so beautiful, waoooooooo
@MikuVlog229 жыл бұрын
बिर्सीएको जुरेको पहिरो-  -------------------------- जुरे (सिन्धुपाल्चोक), असार २७ - कान्तिपुर - पीडितको नाममा संकलित सवा दुई करोड रुपैयाँ उपयोग भएन - पुनर्स्थापना योजना कार्यान्वयन हुन सकेन - करोडौं खर्चेको सडक वर्षातसँगै अस्तव्यस्त - पीडितहरू रोजगारी खोज्दै तितरवितर - वर्षा लागेपछि टेन्डर स्वीकृत - वैकल्पिक सडकलाई बजेट छैन सतहमा देखिएका केही समस्यामात्र हुन् यी। पहाडै खसेर सुनकोसी थुनिएको एक वर्ष बित्नै लाग्दा जुरेमा योचाहिँ राम्रो भयो, गरियो भन्ने शायदै सुनिएको छ। गएको वर्ष साउन १७ गते बिहान माङ्खा र राम्चेको सिमानाको डाँडो खस्दा सुनकोसी १३ घण्टा थुनियो। १ सय ४५ को ज्यान गयो। सयौं घरवारविहीन भए। माङ्खाको ड्यामसाइट, इटिनी, कागुने, पराजुली गाउँको नामोनिसान रहेन। बस्तीहरू पुरिए, कतिपय परिवारका सबै सदस्य पहिरोमा बेपत्ता भए। वर्षातमा सुनकोसीको भेल थुनिँदा तल्लो तटीय क्षेत्रका हजारौंले महिनौं घर छाडे। राम्चेको जुरे बस्ती अहिले पनि तालमा डुबिरहेको छ। कहालिलाग्दो उक्त घटना वर्ष दिन नबित्दै दुनियाँका लागि विस्मृतिमा पुगेको छ। अहिले सरकारी निकायमा जुरेको चर्चा कतै सुनिँदैन। गाउँलेको पीडा, राजमार्गको अस्तव्यस्तता र पुनर्वास त्यति बेला समय काट्ने ‘गफ’ जस्तै भएको छ। पहिरोमा चार जनाको परिवारै गुमाएर एक्लो बाँचेका रामबहादुर तामाङले भने, ‘पीडितको नाममा दाताले घटनास्थलमै आएर प्रशासनलाई जिम्मा दिएको पैसा समेत पाएनौं।’ पीडितहरू कहाँ कसरी गुजारा गर्दैछन् भनेर सरकारी निकाय अनभिज्ञ छ। पुनर्निर्माणमा बेवास्ता गर्दा पहिरो फेरि बग्न थालेको छ। स्थानीय दुर्गालाल श्रेष्ठ भन्छन्, ‘कराउँदा-कराउँदै थाकिसक्यौं।’ पहिरोले माङ्खा, राम्चे, धुस्कन र टेकानपुर गाविस मुख्य रूपमा प्रभावित भएका थिए। घटनामा स्थानीय बनसाँघु माविका ३१ बालबालिकाको मृत्यु भएको थियो। उनीहरूलाई राति सुतिरहेको अवस्थामा घरघरबाटै पहिराले बगाएको थियो। उक्त विद्यालय बनाउन दाताहरूले करोडभन्दा बढी सहयोग गरे पनि भवन निर्माण सुरु भएको छैन। पीडितहरू स्थानीय म्याग्नेसाइटको कम्पाउन्ड र अन्य विभिन्न भागमा बस्दै आएका छन्। घटनामा १ सय ९९ घर पूर्ण रूपमा क्षति भएका थिए। गाउँ पूरै बगाएकाले फेरि त्यही स्थानमा बस्ती बसाल्न सक्ने अवस्था छैन। पहिरोले २०७ परिवार प्रत्यक्ष प्रभावित भएका थिए। पीडितको रकम खातामै जुरे पहिरोपीडितको नाममा दाताले दिएको रकम खर्च नगरीकनै गृह मन्त्रालयले खाता बन्द गराएको छ। जिल्ला प्रशासन कार्यालयको नाममा तीन महिनाका लागि खोलिएको खाता बन्द गरेपछि उक्त रकम कसले कसरी पाउने भन्ने अन्योल भएको छ। खातामा २ करोड २२ लाख रुपैयाँ बाँकी छ। ‘बस्ने बास छैन, छाक टार्न कामको खोजीमा सधंै भौंतारिनुपरेको छ,’ छोराछोरी र आमाबाबु गुमाएका चन्द्रबहादुर तामाङले भने, ‘पीडितको नाममा आएको रकम हामीले नै देख्न पाएनौं।’ पहिराले पूरै बस्ती बगाएकाले तत्काल उक्त स्थानमा बसोबास गर्ने सम्भावना छैन। पहिरो जानेबित्तिकै साताभित्र पुनर्वास गराउने घोषणा सरकारले गरेको थियो। तर वर्ष भएपछि पनि सरकारले जग्गा उपलब्ध गराउन सकेको छैन। पीडितमध्ये ८ परिवारले पुनर्वासमा जाने र अन्यले क्षतिपूर्तिको माग गरेका थिए। प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले मन्त्रालयले खाता बन्द गरेकाले तत्काल रकम बाँडफाँड गर्न नमिल्ने बताए। पुनर्वासका लागि जग्गाको खोजी भइरहेको छ,’ गिरीले भने, ‘उठेको रकम पीडितकै हो।’ पहिरोपछि तीन जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। ‘हरेक प्रजिअले बुझ्दै छु, अध्ययन हुँदै छ, काम गर्दै छौं जस्ता जवाफ दिने गरेका छन्, दुर्गाबहादुर भन्छन्, ‘अब आन्दोलनको विकल्प रहेन।’ दाताले उपलब्ध गराएको बाहेक सरकारी रकम अहिलेसम्म राहतका लागि खर्च भएको छैन। कुन परिवारको क्षति कति हो र राहत कसरी दिने भन्ने मापदण्ड बनाउन गठित समितिले लिखित सुझाव दिएको महिनौं बितेको छ। टेन्डर प्रक्रियामै एक वर्ष नेपाल-चीनको सिमानाको प्रमुख व्यापारिक राजमार्ग जुरे पहिराले दुई महिना बन्द भएको थियो। पूरै वर्ष सडक पुनर्निर्माण कागजी प्रक्रियामै सीमित भयो। यस वर्ष पनि वर्षातसँगै यातायात अवरुद्ध भएको दुई साता बितिसकेको छ। आपतकालीन निर्माण भनेर सडकको टेन्डर गरे पनि अहिलेसम्म बजेट नै निकासा भएको छैन। अर्थ मन्त्रालयले टेन्डरका लागि स्वीकृत दिए पनि रकम निकासा नगरेको स्रोतको दाबी छ। सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख कमलेशकुमार कर्ण वर्षा लागेकाले अब सडक निर्माण सम्भव नभएको बताउँछन्। उनले प्रक्रिया मिलाउँदै वर्ष दिन बितेको स्वीकारे। जुरे र कोठे खण्डमा सडक निर्माण गर्न ७-७ करोडको टेन्डर आर्थिक वर्षको अन्त्यमा स्वीकृत भएको छ। सामान्य मर्मतले यातायात सञ्चालन गर्न सक्ने अवस्था छैन। ‘यो वर्षामा त काम गर्नुभन्दा नगर्नु बेस। हिउँदमा त यातायात सञ्चालन गराएकै हौं,’ कर्णले भने, ‘अब पनि यही वर्षातमा पैसा खर्च गर्नु बालुवामा पानी हालेसरह हो।’ कोठेको सडक पनि सुनकोसीको ताल खोलिँदा धसिएको थियो। ‘वर्षात बढेपछि उक्त स्थानबाट पनि यातायात सञ्चालन नहुन सक्छ,’ सम्बद्ध प्राविधिक भन्छन्, ‘माथिल्लो निकायकाको बेवास्ताले समयमै काम हुन सकेन।’ सडक अवरुद्ध हुँदा दैनिक हजारौं मानिस पैदल आवतजावत गर्न बाध्य छन्। राजधानी जान लागेका सयौं मालवाहक कन्टेनर बाटैमा अलपत्र छन्। भूकम्पका कारण जताततै पहिराको जोखिममा रहेको अरनिको राजमार्ग बन्द भए दोलखासमेत प्रभावित हुनेछ। वैकल्पिक सडक बेवारिसे जुरे पहिराले अरनिको राजमार्ग बन्द भए पनि नेपाली सेनाले निर्माण गरेको करिबव छ किमि वैकल्पिक सडक बेवारिसे भएको छ। सेनाले करिबव पौने दुई करोड खर्चेर निर्माण गरेको सडक दिनप्रतिदिन जीर्ण बन्दै गएको छ। सेनाले सुनकोसी (सानो) खोलामा बेलिब्रिज राखेर साना सवारी साधान आउजाउ गराएको थियो। ‘वैकल्पिक रूपमा सञ्चालन गर्न माथिको आदेश छैन,’ चरिकोट डिभिजनका प्रमुख कमलेशकुमार भने, ‘सरकारको रकम खर्चेर मर्मत गर्न सके उक्त सडक जुरेको विकल्प हुन सक्छ।’ उक्त सडक पूर्ण रूपमा फेरि सेनालाई जिम्मा दिए राम्रो हुने सुझाव स्थानीयको छ। पहिरोमा माङ्खाका १ सय १६, टेकानपुर २१ र राम्चेको आठ जनाको मृत्यु भएको थियो। पुरिँदै ताल थुनिएको १३ घण्टापछि खुलेको तालको गहिराइ अझै २० देखि २५ मिटर रहेको अनुमान छ। वर्षातको सुरुवातसँगै माटो र बालुवाले ताल पुरिन थालेको छ। पानी जमेको एकातिरको भागमा बालुवा र माटो देखिन थालेको छ। यसले पानीको सहत माथि उठेको अनुमान छ। तालमा डुबेका कतिपय घरहरू अझै पूरै देखिएका छैनन्।
@MikuVlog229 жыл бұрын
MANKHA (SINDHUPALCHOK), SEP 08 - Water in a landslide-dammed lake on the Sunkoshi river has receded by a whopping 18 metres after the dam burst in the wee hours of Sunday. The outburst happened at around 2:30am, apparently due to the pressure of an increased volume of water caused by rainfall in the catchment area in the past couple of days. A Nepal Army team had been trying to drain the lake by widening its outlet. A massive landslide on August 2 blocked the river and formed the lake at Jure in Mankha VDC. The blocked water gushed out naturally after 36 days, inflicting a damage lesser in extent than what was feared. People at Damsite, Lamosangu and Khadichaur downstream fled to safety as they were alarmed by the noise of the swollen river. “We climbed to higher altitudes as the water threatened to sweep the bridge,” said 74-year-old Dolma Lama of Khadichaur. The flood damaged some houses, as far as six kilometers downstream. However, no human casualty was reported. A torrent of water, aggregate, boulders and vegetation hit Sunkoshi Hydropower Project. Transportation along Araniko Highway was halted as the road has developed cracks at several places. Chief District Officer Gopal Prasad Parajuli said the possibility of a worse disaster has been averted with the lowered level of the lake. “People living on the banks downstream should remain alert for more floods as the water continues to erode the dam and the gorge,” he warned. According to the Barhabise Police Post, the building belonging to Sanima Hydropower Project and six houses that were submerged have refursaced. NA soldiers had been conducting controlled blasts at the dam in their bid to speed up the water flow. It is suspected that the blasts weakened the dam further, causing it to burst ultimately. Ranjan Dahal, a geologist studying the Sunkoshi landslide, said the lake burst its bank where the Army had been trying to widen the channel. He added that the flooding threat would remain no longer if the lake became shallower by an additional 18 metres. Minister for Commerce and Supplies Sunil Bahadur Thapa and Maj Gen Victor Rana were among the officials who inspected the area on Sunday. More than 150 people were killed, hundreds displaced and properties worth millions of rupees destroyed in the catastrophic disaster.