सन्तानेश्वर महादेव मन्दिरको भ्रमणमा स्वागत छ! नेपालगन्जबाट नजिकै राप्तीपारीको पहाडमा अवस्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो। यहाँ नेपाल र भारतका विभिन्न जिल्लाबाट श्रद्धालुहरू दर्शन र घुमघामका लागि आउने गर्छन्। यो पहाडमा हाइकिङ र साइकल राइडिङ जस्ता गतिविधिहरू गर्न निकै उपयुक्त छ। मन्दिर पुग्दा तपाईंलाई प्राकृतिक सौन्दर्यसँगै एक विशेष आध्यात्मिक आनन्दको अनुभव हुनेछ। यहाँ जाँदा ध्यान दिनुपर्ने कुराहरू: 1. आश्रममा सहयोग गरौं: आफ्नो क्षमताअनुसार आश्रमलाई सहयोग गर्न नबिर्सनुहोस्। 2. फोहोर नगर्नुहोस्: प्राकृतिक सौन्दर्यलाई जोगाउन जथाभावी फोहोर नगर्नुहोस्। 3. पानीको व्यवस्थापनमा ध्यान दिनुहोस्: पानीको स्रोतको कमी भएकाले आश्रममा रहेको पानीलाई सोचसम्झेर प्रयोग गर्नुहोस्। 4. पूर्ण तयारीमा जानुहोस्: त्यहाँ आवश्यक पर्ने खानेकुरा र अन्य सामान लिएर जानुहोला। यो स्थानको प्रचारमा सहयोग गर्नुहोस्: facebook.com/santaneshwormahadev?mibextid=ZbWKwL Follow ♥️ Like 👍 Share 🙏 Comment ✍️ Invite 👉 #santaneshwormahadev #Banke #Narainapur #kohala #mathaiya #nepalgunj #viralplace #omnamahshiv धेरै धन्यवाद!