Would you mind uploading the lyrics to the theme song? Thank you
@estherchettri1338Ай бұрын
@@pravingurung3024 . D Maj को. बलिया होऊ र साहसी होऊः नडराओ र निराश नहोऊ, परमप्रभु तिम्रा परमेश्वर, तिमी जहाँ गए पनि, तिम्रो साथमा हुनुहुनेछ । (२) १. के मैले तिमीलाई आज्ञा गरेको छैन र? दुध-मह बग्ने यर्दन पारीको देशलाई अधिकार गर, सम्पूर्ण आदेश नियमलाई होशियार साथ पालन गर्दै, दाहिने वा देब्रे नलाग। प्रतिज्ञाको देशमा, शत्रुमाथि विजय बनाउन, तिमीलाई म छोड़नेछैन, त्याग्नेछैन । २. के मैले तिमीलाई आज्ञा गरेको छैन र ? संसारका सारा जातिलाई सुसमाचार प्रचार गर, विश्वास गर्नेलाई मुक्ति, अविश्वास गरे मृत्युदण्ड निश्चय नै उसले पाउनेछ । संसारको अन्त-सम्मनै साथमा काम गर्दै, तिमीहरूको साथमा छु, म रहिरहनेछु। ३. के मैले तिमीलाई आज्ञा गरेको छैन र ? पश्चाताप गरिहाल, स्वर्गको राज्य नजिक आएको छ, मृत्युपछि न्याय त्यहाँ, निश्चय ठहराइएको छ, पापमा रहे नाश हुन्छौ, तिम्रो पापलाई धुन, रगत बहाएको छु क्रूसमा, मुक्ति दिन तिमीलाई प्रेमसाथ पर्खिरहेछु । ४. के मैले तिमीलाई आज्ञा गरेको छैन र ? भवन निर्माण गर्न मैले तिमीलाई नै चुनेको छु, सिद्ध हृदय, इच्छुक मनले मेलमिलाप-एकतामा रही, भवनको काम पुरा गर । आफ्नो क्रूस उठाई भयभक्तिसाथ मलाई पछ्याई, आपसमा प्रगाढ़ प्रेम राखी नमुना बन । ५. के मैले तिमीलाई आज्ञा गरेको छैन र ? साहस गर, नडराओ संसारलाई मैले जितेको छु, विपरीत तेज वतास, छालद्वारा, वर-पर हुत्याइएझैँ, संसारमा सकंष्ट हुनेछ । यर्दनपारी देशमा, शान्तिसाथ पार गराउनेछु, तिम्रोसाथ रही तिमीलाई म सम्हाल्नेछु । ****
@ruthtamang8786Ай бұрын
😊🙏
@pravingurung3024Ай бұрын
@@estherchettri1338 your efforts are greatly appreciated.