Рет қаралды 22,959
भैलिमा राम...
Bhaileni...
Vocal
Anju Gautam
Lyrics & Music
Bimal Khewachhali Sulove
Arrange
Manoj Sangson Rai
Recordist
Suresh Rai
Mixing & Mastering
Raju Karki
Audio
Studio King
Video
Jaskelo Creation
स्वर
अञ्जु गौतम
कोरस
लिला राई, सेन्मुयुमा राई, नन्दु राई र काजल राई
सारङ्गी
बर्त गन्धर्व
शब्द तथा लय संकलन
बिमल खेवाछाली सुलभ
सङ्गीत संयोजन तथा रेकर्डिङ
मनोज साङ्सोन राई
मिक्स तथा मास्टर
राजु कार्की
अडियो
स्टुडियो किङ
भिडियो
जस्केलो क्रियसन
कालो है कात्तिक कटाउँदै ,
(ग्रुप--भइलिमा राम)
झ्याम्टा र मादल बजाउँदै,
सङ्गी र साथि रमाउँदै,
रमाइलो तिहार जनाउँदै |
बलिराजाको शासन,
गरेर हुकुम पालन ,
चारैमा कुने आँगन,
भैलेनि भन्दै नाँच न |
हरयो गोबरले लिप्यौ कि,
लछीमी पुजा गर्यौ कि |
ग्रुप-- लछीमिको पुजा गरी दीयो बाल्यौ कि ,
भत्किएको चुलाचौका सबै टाल्यौ कि |
सयपत्री गोदावरी फूल्यो ढपक्कै ,
जिम्दार बाको ठूलो घर बल्यो धपक्कै |
झिँजो र पिरो नमान्नु,
कहाँबाट आए नठान्नु |
सबैले सल्लाह गरेर,
खोला र खोल्सी तरेर |
चारैमा हाते तरबार,
हजुरको यत्रो दरबार |
हजुरको घर पैलाउँदै,
हाँसो र खुशी फैलाउँदै |
कुखुराका चल्ला स्याउँ स्याउँ,
भैलेनी आयौँ झ्याउँ झ्याउँ |
ग्रुप-- मुखीयाको गैरिखेतमा फूल्यो भटमास,
बर्षदिनमा एकदिन आउँछौ हैन बार्है मास |
ठूलो टारमा डल्ले कोदो अरु भोटाङ्गे,
एकै घरमा भैलि खेल्दै भयो छर्लङ्गै |
भैलेनि भन सङ्गी हो,
स्वोरमा स्वोरै खापेर,
कोहीमा सङ्गी नाचिदेउ,
बारुली कम्मर भाँचेर |
घरबेटी आमै खोक्दै छिन्,
टुकी है बाली उठ्दै छिन् |
चामल र चिउरा मुरुक्क,
दैलो है खोलिन् घुरुक्क |
छानोमा फर्सी घिरौँला,
के के मा दिन्छन् हेरौँला |
ग्रुप-- नाङ्लो भरि सत् बिउ राखी बिचमा टपरी,
चामलैमा दीयो अनि नोटै हजारी |
रोटी फलफूल सबै कुरा भरिएको थाल,
ठूलो घरको जे भने नि ठूलै हुन्छ चाल |
के के मा खान्छौ सङ्गी हो,
भैलेनि गीतमा मागौ है,
गाउँ घर सबै पुग्नु छ,
आशिक दिन लागौँ है |
घरका सबै सन्तानले,
नामैले सन्सार ढाकुन् है,
पुर्ख्यौली रिती थितिलाई,
नमारी इज्जत राखुन् है |
वस्तु र भाउ फैलाउन्,
घर खेति सबै मौलाउन् |
ग्रुप-- वर पिपल झैँ सितल दिउन् सारा जनलाई,
सन्तानले जोगाइ राखुन् आफ्नो पनलाई |
नाच्दै गाउदै गाउँ घर घुम्दै कटाउनु छ रात,
भयौँ बिदा लागीजाओस् हाम्रो आशिर्वाद् |
#BartaGandharba
#LilaRai
#SenmuyumaRai
SUBSCRIBE | LIKE | SHARE
KZbin: / studioking
FB Page: / studiokingnepal