बुङको आलु । Bung Ko Aalu

  Рет қаралды 6,772

Siddhicharan Municipality Okhaldhunga

Siddhicharan Municipality Okhaldhunga

Күн бұрын

सिद्धिचरण नगरपालिकाको पर्यटकीय गन्तव्य
बुङको आलु
लेकाली क्षेत्र, चीसो मौसम, आकर्षक पहाडी भूगोल, त्यसमाथि पाखैभरि लगाइएका हरियाली बुङ आलुका साना साना थुम्का । ओखलढुंगा र सोलुखुम्बुको सीमानामा पर्ने ठाडे, जन्तरखानी, टोड्के क्षेत्रमा पुग्ने जो कोहीलाई लोभ्याउने दृष्यहरु हुन् यी ।
अर्गानिक आलुका रुपमा पहिचान बनाएको बुङको आलु यहाँ उत्पादन हुँदै आएको छ । माटो र झारपातको चपरीलाई आगोले पोलेपछि त्यसैको थुप्रो बनाएर यो आलु रोप्ने गरिन्छ । ३ देखि ५ वर्ष जमिन बाँझो राखेपछि यहाँ फागुन चैतको सिजनमा बुङमा आलु रोपिन्छ । एकपटक आलु लगाएपछि फेरि जमिन बाँझो राख्ने चलन छ । बुङ बनाएर रोपिएको आलु साउन भदौमा खन्ने गरिन्छ । पूर्णरुपमा अर्गानिक भएकाले यो आलुको माग उच्च रहेको छ । बुङ आलु खान, रोप्नका साथै कोशेलीका रुपमा समेत निर्यात हुने गरेको छ ।
बुङ आलुले गर्दा यहाँका पाखा भित्ताहरु वैशाख जेठ महिनामा निकै आकर्षक देखिन्छन् । बुङ आलुका थुम्काले सजिएका पहाडहरु निकै सुन्दर लाग्छन् । यी दृष्यहरुले पर्यटकहरुलाई लोभ्याउने गरेको छ । आलुबाट बनाइने रिल्दुकलगायतका परिकार टिम्बुर र स्थानीय लसुनको स्वादले यहाँ आउने पर्यटकहरु भुल्ने गरेका छन् । बुङ आलुले एकातिर पर्यटन प्रबद्र्धनको काम गरेको छ भने अर्कातिर यहाँका स्थानीयलाई आयआर्जनमा टेवा समेत पु¥याइरहेको छ ।
यो क्षेत्र ओखलढुंगा सदरमुकामबाट करिब २० किलोमिटर टाढा छ । ओखलढुंगा सदरमुकामबाट चित्रे हुँदै पक्की सडकमार्गबाट यहाँ पुग्न सकिन्छ ।

Пікірлер: 7
@janukarai8739
@janukarai8739 2 жыл бұрын
Wow so vearry nice i like video 💘💘💘💘💘💘
@sitaMagar-y2x
@sitaMagar-y2x Ай бұрын
Mero pyaro janm bhumi🙏😘
@peshalshrestha5178
@peshalshrestha5178 Жыл бұрын
Wou❣️
@RajanKumar-vo1mo
@RajanKumar-vo1mo 5 ай бұрын
❣️♥️❣️
@dipaktamang7705
@dipaktamang7705 2 жыл бұрын
good job
@binitachamling6092
@binitachamling6092 3 ай бұрын
Harmroo desama gare k nai po huna ra Tara sarkarle khai dekheyko 😢😢😢😢
@teamprabesh899
@teamprabesh899 2 жыл бұрын
💓💓💓💓💓
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 12 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 6 МЛН
सिद्धिचरण नगरपालिकाको ऐतिहासिक चिनारी
11:51
SKBBL || Sana Kishan || Small Farmer || Success Story || Success Farmer || Government of Nepal ||
5:04
Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Ltd.
Рет қаралды 2,4 М.