Рет қаралды 40,807
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
नाङ्गो आँखाले देख्न नसक्ने अदृश्य कुराहरू
हेर्नलाई सूक्ष्मदर्शक यन्त्र प्रयोग गरेजस्तै
आत्मिक संसारलाई बुझ्न हामीले
बाइबलद्वारा आत्मिक संसार हेर्नुपर्दछ ।
परमेश्वरको मण्डली ‘सियोन’ हुनुको कारण
पछिल्ला दिनहरूमा मानिसहरू सियोनतिर ओइरिएर
आउनेछन् भनेर बाइबलमा अगमवाणी गरिएको छ ।
सियोनचाहिँ परमेश्वर वास गर्नुभएर पाप-क्षमाको
प्रतिज्ञाद्वारा शासन गर्नुहुने र तीन चरणका सात वटा
चाडहरू पालन गरिने ठाउँ हो ।
(निस्तार-चाड, अखमिरी रोटीको चाड, पुनरुत्थानको दिन,
साताहरूको चाड, तुरहीको चाड, प्रायश्चितको दिन
र छाप्रो-वासको चाड)
यशैया ३३:२०-२४
हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर, ...
त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ ...
अनि त्यहाँ बस्ने मानिसहरूका पाप क्षमा गरिनेछन् ।
येशूज्यूको शिक्षालाई अनुसरण गरेको सुरुको मण्डली
सयौँ सम्प्रदायमा विभाजन भए र तीमध्ये परमेश्वरको चाड
मान्ने मण्डलीचाहिँ परमेश्वरको मण्डली मात्र हो ।
सियोन थाहा पाएका र सियोनभित्र रहेकाहरूलाई
मुक्ति सुनिश्चित गरिएको छ ।
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com