‘देवकोटाले गाईलाई काउली खाना दिन्थे’ -अम्बिकादेवी देवकोटा रिमाल

  Рет қаралды 66

Naya Online TV

Жыл бұрын

महाकवि लक्ष्मीप्रसाद देवकोटाकी छोरी अम्बिकादेवी देवकोटा रिमालले आफ्ना पिताको स्मरण गर्दै गाईलाई काउली खान दिएको बताएकी छिन् ।
कात्तिक ४ गते लक्ष्मीप्रसाद देवकोटा सङ्ग्राहलायमा आयोजित देवकोटाको व्यक्तित्व चर्चा र रचना वाचन कार्यक्रममा रिमालले सो कुरा बताएकी हुन् ।
‘निम्तोमा जान हतार हुन्थ्यो तर बुबा लेखेको लेख्यै । आमाले कलम खोसिदिन भन्नुहुन्थ्यो । तर कलम यस्तरी अठ्याउने कि, हामीले खोस्नै सक्दैनथ्यौं । अनि हामी बुबामाथि चढेर हट घोडा हट भन्थ्यौं । कलम खोस्न नसकेपछि कापी थुत्नु भन्ने आमाले अह्राउनुहुन्थ्यो । हामी थुत्थ्यौं । त्यसबेला बुबाले हे लाटी यो के गरेको भन्नु हुन्थ्यो ।” रिमालले बाल्यकाल सम्झदै बुबा लक्ष्मीप्रसाद देवकोटाको बारेमा बताएकी थिइन् ।
“बोलेपछि बोलेको बोल्यै, लेखेपछि लेखेको लेख्यै गर्ने बुबाको बानी थियो ।” रिमालले थप बताइन् । त्यसैगरी एकपटक गाई पालेको, तर गाइको लागि एकभारी काउली बोकेर ल्याएको सम्झना पनि सुनाएकी थिइन् । गाई हेर्ने, खाना बनाउने, भाँडा माझ्ने अर्को एकजना लगायत धेरै मान्छे राखेको त्यसमाथि गाइलाई काउली ल्याएर खुवाएपछि पालन फस्टाउनको साटो पुरै घाटामा गएको बताएकी थिइन् ।
Follow us on facebook: NayaOnline1/
Subscribe channel: kzbin.info
Follow us on twitter: Nayaonline1
Website: nayaonline.com/
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed)

Пікірлер
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 27 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 128 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 31 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 23 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 27 МЛН