Рет қаралды 139,771
गत फागुन १५ गते सुनसरीका सिडिओको उपस्थितिमा धरानको सर्दु खोला किनारमा २०७२ साल पछि बसेको बस्ती उठाउने सर्वपक्षीय निर्णय उल्टाउन माग गर्दे स्थानीयले धरानका मेयर हर्कराज राई (साम्पाङ)लाई ज्ञापन पत्र बुझाएका छन् ।
बुधबार उपमहानगरपालिकामा व्यवस्थित सुकुम्बासी संरक्षण संघर्ष समितिले मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाएको हो । उनीहरुको ज्ञापन पत्र बुझेपछि मेयर राईले बसिसकेको बस्तीलाई आफु भइञ्जेल नउठाउने पनि प्रतिवद्धता जनाए । तर, बर्षामा खोलाको बाढीको कारण धनजनको क्षति हुने जोखिम हुने भएकोले नयाँ घर वा बस्ती बस्न भने नदिइने पनि उनले बताए । #harkasampang #dharannews #dharanmayor