Рет қаралды 8
गाउँले गफ-8
गाउँको विश्वास
फुकुनीबाट निस्केको सास नै हो आगो जिउँदो राख्ने विश्वास। त्यसैले गाउँ आगोको बिउ जोगाई राख्न निरन्तर जलाई रहन्छ बाँच्नुको फिलुङोहरू बटुलबाटुल पारेर चुल्हा। याद हुन्छ उसलाई अहिले केही दुःखै छ। गाउँमा बाटो आउन बाँकी छ। अस्पताल नजिक छैन। स्कूल जाने केटाकेटीलाई नि सजिलो छैन्। बिजुली सानो झरीमा पनि जान्छ ग्यास्टीक जस्तो हवा चल्दा नि झ्याप्पै निभ्छ। सजिलो त केही छैन गाउँमा। तर बारीमा छरेको धनियाको ड्याङ ड्याङमा बररर उम्रिन्छ सपनाहरू। भदौ लाग्न अघि नै जुङ्गा पलाएर लाट्ठे हुनथाल्छ मकैका बोटहरू अनि धान चमरले गाउँको सायाचोङ्मा गरिदिन्छन्। सुखको त्यान्द्रो विस्तारै झ्याङ्गिन्दै जान्छ काँक्राको थाङ्ग्रा हुँदै उल्किएका बोटहरू चिचुला लाग्नेबेलासम्म एउटा विश्वास बनिसक्छ। जब गोठमा गाईलाई घाँस हाल्न पुग्छ गाउँ अनि छेवैको टाट्नाबाट चिहाइरहन्छ बाख्राहरू त्यतिबेला अब मरिँदैन भन्ने आत्म विश्वास थपिन्छ। बाटो, अस्पताल, राम्रो स्कूल, र बिजुलीले त जीवन सजिलो मात्रै बनाउने रहेछ तर बाँच्न सक्ने विश्वास भने आफै उमार्नु पर्ने रहेछ गाउँले जानिसकेको छ।