Рет қаралды 101
"हाम्रो कला हाम्रो सस्कृती, मध्यपुर थिमी हाम्रो सम्पत्ति"
प्रत्येक बिहिवार साझ ७-८ बजे ।
मध्यपुर थिमी नगरपालिकाको गत पौष २९ गते सम्पन्न नगरसभाका बारे प्रमुख प्रशासकिय अधिकृत रामबहादुर के. सिज्युसङ्ग कुराकानीका साथै नगरका विविध गतिविधिहरु यस श्रृङखलामा सुन्नसक्नुहुन्छ ।
नगरसभाको ११ औं अधिवेशनमा सर्वसम्मतले पारित भएका निर्णयहरु निम्न छन् ।
बस्ती विकास योजना सञ्चालन गरी घर निर्माण फुकुवा गर्ने ।
शिक्षा ऐन २०७९ को दोस्रो संशोधन विधेयक र मध्यपुर थिमि नगरपालिकाको सहकारी ऐन २०७९ को पहिलो संशोधन विधेयक पारित ।
नगरपालिकाको प्रस्तावित प्रशासकीय भवन निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरी तत्काल टेण्डर प्रक्रियामा अगाडि बढाउने।
आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरु आवश्यकता र औचित्यका आधारमा संशोधन गर्ने प्रस्ताव र आगामी तीन आर्थिक वर्षको राजश्व आय प्रक्षेपण गर्ने प्रस्ताव पारित ।