Рет қаралды 4,412
#SILOKHE #PALOKHE थामी जातीको कर्मकाण्ड धर्मग्रन्थ (सिलोके पालाखे)
नेपालको अतिसिमान्तकृत थामी जातिले आफ्नो कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेका छन् । दोलखा जिल्लाको विगु गाउँपालिकाको आर्थिक सहयोगमा थामी समुदायको साझा संस्था नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेको हो । उक्त कर्मकाण्डको दोलखा जिल्लाका संघीय सांसद गंगा कार्की ‘विश्व’, वाग्मती प्रदेशसभा सांसदहरु कुन्दन काफ्ले, ठुला थामीले विगु गाउँपालिका-४, सिंगटीमा सोमवार आयोजित एक समारोहकाबीच संयुक्त विमोचन गरे ।
कार्यक्रममा वोल्दै सांसदहरुले थामी जातिको संस्कार संस्कृति संरक्षणका लागि कर्मकाण्डले सहयोग पुग्ने भन्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । नेपाल थामी समाजका अध्यक्ष होम बहादुर थामीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद गंगा कार्की, वाग्मती प्रदेशसभा सांसद कुन्दनराज काफ्ले, विगु गाउँपालिका अध्यक्ष संजिव ओली, उपाध्यक्ष देविका थामी, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
झण्डै सात सय पेजको कर्मकाण्डमा थामी जातिको जन्मदेखि मृत्युसम्मको विषय संग्रहित छन् । थामी भाषमा लेखिएको कर्मकाण्डमा कुलपुजा, भुमेपुजा, जन्म, बिवाह, मृत्यु लगायतका अध्याय राखिएका छन् । हरेक काज्र्यहरुमा झाँक्रीहरुले मानवजाति र थामी समुदायको उद्भव, विकास र विस्तारका सन्दर्भमा फलाक्ने मन्त्र, मौखिक ईतिहाँसलाई पुस्तकमा लिपिबद्ध गरिएको छ ।
तीन दर्जन बढी झाँक्रीहरुसँगको व्यक्तिगत र सामुहिक छलफलका आधारमा कर्मकाण्ड तयार पारिएको र थामी जातिको संस्कृति संरक्षणका लागि यो पुस्तक कोसेढुंगा हुने कर्मकाण्डका संकलक÷सम्पादक लक्ष्मण थामीले जानकारी दिए । थामी समुदायको बाहुल्य क्षेत्र विगु गाउँपालिका वडा नम्बर ६, ७ र ८, कालिञ्चोक गाउँपालिका वडा नम्बर १, २, ५, ६ र ९, भीमेश्वर नगरपालिका वडा नम्बर १, २ र ९, मेलुङ गाउँपालिका वडा नम्बर ७ का झाँक्रीहरुसँग बिभिन्न चरणमा छलफल÷अन्तरक्रिया भएको थियो ।
थामी समाज दोलखाका अध्यक्ष होम थामीले समुदायको समग्र विषय समेटेर पहिलोपटक बिस्तृत कर्मकाण्ड प्रकाशनमा आएको र जिल्लामा मात्र नभएर देश÷बिदेशमा समेत यही कर्मकाण्ड प्रयोगमा ल्याईने बताए ।
विगु गाउँपालिका अध्यक्ष संजिव ओली र उपाध्यक्ष देविका थामीले थामी जातिको कर्मकाण्डसम्बन्धि मौखिक संस्कार हराउँदै गएकाले संरक्षणका लागि गाउँपालिकाको नीति, योजना, कार्यक्रम र बजेटमा सम्बोधन गरिएको बताए ।
कार्यक्रममा सिलोके पालाखे निर्माणमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
*Please support Nepali music industry by sharing and not downloading & uploading to your channel without permission.
Unauthorized re-upload of this KZbin video is prohibited and will be reported if found to be. Copyright @prakashthamee
Subscribe Prakash Thamee for quality Nepali videos and more
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु KZbin, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ |
© Prakash Thamee मा सुरक्षित छ | धन्यवाद !
For The Business Inquiry
thamiprakash007@gmail.com
For business query : 977-9843688102
email: thamiprakash007@gmail.com
Re-uploading this video into another channel is not permitted.