मितेरी संगीतका सूत्रधार जसले नेपाल र दार्जिलिङको संगीतलाइ जोडे : कवि,गीतकार नगेन्द्र थापा

  Рет қаралды 12,199

prakash Sayami

prakash Sayami

Күн бұрын

मितेरी संगीतका सूत्रधार जसले नेपाल र दार्जिलिङको संगीतलाइ जोडे : कवि,गीतकार नगेन्द्र थापा
मुगा, धनकुटामा जन्मेका नगेन्द्र थापा नेपाली सुगम सङ्गीतको एक स्रष्टा, द्रष्टा अनि अभियन्ता हुन्। सन् ६० को दशकमा थापा स्नातक तह अध्ययन निम्ति दार्जीलिङ पुग्दा नेपाली आधुनिक सङ्गीतको आकाशमा सुनौला रङ्ग भरिंदै थियो। त्यसैवेला थापाले पनि कूची समाते र त्यस सङ्गीताकाशमा थोरै तर चम्किला रङ भरिदिए।
दार्जीलिङको नर्थ पोइन्टमा बिए अध्ययन गर्दा थापाले ‘क्लासमेट’ मात्र नभएर ‘बेन्चमेट’ का रूपमा गोपाल योञ्जन र पिटर जे. कार्थकलाई भेटे। अनि हिमालय कला मन्दिरका साँझका महफिलहरूमा सहभागी हुन थाले। त्यसैवेला गोपालको सङ्गीत र कुमार सुब्बाको स्वरको ‘साँझको तारा डुबी गयो पारि हिमालमाथि’ ले थापालाई गीतकारका रूपमा दार्जीलिङमा राम्रो पहिचान दियो।
तर, कुनै परिकथा झैं जब नेपालका उदीयमान गायक नारायणगोपाल आफ्नी ‘प्रेयसी’ पेमला अनि रेकर्ड निम्ति आवश्यक गीतहरू खोज्दै दार्जीलिङ आए, नगेन्द्र थापा, नारायण गोपाल र गोपाल योञ्जन सिर्जना र सङ्गतका ‘ट्रियो’ (त्रय) बन्न पुगे। यसैवेला थापारचित चिनारी हाम्रो धेरै पुरानो, बिर्सेर फेरि मलाई नहेर र सँगाल घुम्टोहरूले उनलाई गीतकारको राष्ट्रिय ख्याति दिलायो।
#nagendrathapa#narayangopal#gopalyonjan#miteriyug#prakash_sayami #Nepali_Film_Update #Old_Nepali_Film_Information #prakashsayami5 #Sayami
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.

Пікірлер: 64
@shyambaral4534
@shyambaral4534 Жыл бұрын
पुरानो तामाको घ्याम्पो बाट चाँदीको मोहोर निकाले को जस्तै एउटा अजर अमर गीतकार लाई पुन चिनाउने काम को साथ साथै नारायण गोपाल र गोपाल योञ्जन बिचको सम्बन्ध लाई पनि जोड्ने पुलको काम गर्नेु हुने ज्यूँदो इतिहास नगेन्द्र थापाको मुखबाट ऐतिहासिक कुराहरु सुन्न पाउँदा निकै खुसी लाग्यो। यसको लागि धेरै धेरै धन्यवाद प्रकाश सर लाई 🙏
@ashishneupane2721
@ashishneupane2721 Жыл бұрын
Very good information dai
@sujanbibash6176
@sujanbibash6176 Жыл бұрын
नारायण गोपाल र गोपाल योञ्जनको बारेमा रोचक जानकारीको लागि हजुरहरुलाई हार्दिक धन्यवाद।।। नारायण गोपाल र गोपाल योञ्जनलाई पहिचान दिलाउन गर्नुभएको नगेन्द्र सरको अतुलनीय योगदान सुन्ने मौका मिल्यो।दिल खुस।।।
@r.kkayastha4587
@r.kkayastha4587 Жыл бұрын
बहुत खुस
@Tilottamacitynews
@Tilottamacitynews Жыл бұрын
प्रकाश सायमी ( जो नेपाली संगीत क्षेत्रका ज्युदो ईतिहास ) लाई मनपराउने जति यता हाजिर हुम त ....
@dawagyalmodewan7753
@dawagyalmodewan7753 Жыл бұрын
यो कार्यक्रम सॅधैको भन्दा अझै रोचक लाग्यो ,सायद यो पनि हुन सक्छ आफु दार्जिलिङ तर्फबाट परेकोले पनि होला किनकी कार्यक्रममा हाम्रा अग्रज बरिष्ट संगीतकार गीतकार गायकहरूका दार्जिलिङ संगको घनिष्ट र दह्रिला सम्बन्धको चर्चा रहेकोले हुन सक्छ। आजको कार्यक्रममा गायकी, संगीत,गीत रचना देखि बाहेक वॅहाहरूका निजी जीवनका चर्चाले कार्यक्रमलाई छुट्टै बिशेषता प्रदान गरेको अनुभव मैले गरे ।आदर्णिय नगेन्द्र थापा दाईको दर्शन र वॅहाका बोलबालको शैली आज पनि अघि जस्तै सभ्य र सुसंस्कृत रहेको अनुभव भयो मलाई। अन्तमा यस्तो उत्कृष्ट कार्यक्रम सञ्चालनको निम्ति प्रकाश सायमी तथा सचिन्द्र गौतम ज्यू तथा अन्य सम्पूर्णमा हार्दिक बधाई एवं अभिवादन।
@dangibimal139
@dangibimal139 Жыл бұрын
Great 👍 episode
@yadhavpoudel5765
@yadhavpoudel5765 Жыл бұрын
यो कार्यक्रम नेपाली गीत संगितको इतिहास र घटनाक्रम्हरुको अध्ययन गर्नेहरुको लागि अत्यन्तै उपयोगी ,रोचक अनि अध्ययन सामग्री पनि हुनेछ ।
@SuperBharatK
@SuperBharatK Жыл бұрын
वरिष्ठ गीतकार नगेन्द्र थापासंग साक्षात्कारको सिलसिलामा ससाना कुराहरुको पनि बिस्तृत जानकारी पाइयो। आजको अंक लामो भएपनि समय गएको पत्तो नै भएन। नेपाली गीत संगीतमा वहांले पुर्‍याउनु भएको योगदानको चर्चा हुनु जरुरी थियो नभए त्यो अपुरो हुने थियो। वहांको सुस्वास्थको कामना सहित आदर र नमन।
@hem2020
@hem2020 Жыл бұрын
साह्रै राम्रो सायमी भाइ। दिप श्रेष्ठको कुरा सुन्न मन लाग्यो बाबू।
@vikashkhadka810
@vikashkhadka810 Жыл бұрын
यो अन्तर्वार्ता रोचक लाग्यो। सायमीजी आफैं नेपाली संगीतको इतिहासका ज्ञाता हुनुहुन्छ। नगेन्द्र जी र नारायण गोपालसँग सान्निध्यमा रहनुभएका अरु व्यक्तिहरुको सहयोगमा उनको वृहत जीवनी लेखिनु आवश्यक छ। यसको पहल सायमीजीले नै लिनुपर्छ।
@harichettri8556
@harichettri8556 11 ай бұрын
सही कुरो। संगीत जगतका यी महारथीहरूको विषयमा लेखन हुन अनि तथ्यहरु सबै अभिलेखीकृत हुन अति जरूरी छ। अनि प्रकाश सायमी दाइको गहिरो ज्ञानको पनि अति नै सराहना गर्न चाहन्छु।
@batsakoirala8139
@batsakoirala8139 Жыл бұрын
नेपाली गीत संगीत बारे सदा प्रकाश पारिरहने प्रकाश सायमी
@Pradhan1967
@Pradhan1967 Жыл бұрын
🙏🙏🙏❤️
@Hkalpit
@Hkalpit Жыл бұрын
Nice interview ❤
@karmagyalchenbomzan2959
@karmagyalchenbomzan2959 Жыл бұрын
दाई धन्याद हजुरहरूले गर्नु भएका कुराकानी बाट धेरै कुराहरू नजिक बाट जान्ने मौका पाँए साह्रै आनन्द आयो ॥
@jrmr790
@jrmr790 Жыл бұрын
आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको ओहो कस्तो आनन्द आयो हजुरहरुको कुराकानी अनि संगीतका हस्तीहरुको जानकारी।
@bharatranapaheli8345
@bharatranapaheli8345 Жыл бұрын
अग्रज को यति राम्रो रोचक अन्तवार्ता कति थोरै ले हेरे को hallywood ballywood भए लाखौ ले हेरथे ।
@rimalamoktan6037
@rimalamoktan6037 Жыл бұрын
आधुनिक नेपाली संगीतको इतिहास र इतिवृत्त जान्न र बुझ्न पाइयो । दार्जिलिङको आधुनिक नेपाली संगीत जगत् सम्बन्धि पनि विशेष घटनाहरू जान्न पाइयो । आदरणीय बिरष्ठ गीतकार नगेन्द्र थापालाई सादर ढोग । आत्मीय प्रकाशजीलाई पनि यस कार्यक्रमको निम्ति हार्दिक आभार व्यक्त गर्दछु । थाह नपाइएको बिशेष अद्याय
@Rajesh.youtube111
@Rajesh.youtube111 Жыл бұрын
अब दाइ ले बच्चु कैलाश दाइलाई बोलाउन पर्यो यो शोमा नगेन्द्र दाइ पर्ती हार्दिक नमन👍️👍️👍️
@Shahadevkalikote
@Shahadevkalikote 6 күн бұрын
नेपाली साहित्य र संगीतका मुर्धन्य स्रष्टा एबम गितकार श्री नगेन्द्र थापा संगको साक्ष्यात्कार गरि नेपाली फिल्म निर्देशक एबम साहित्यकार श्री प्रकाश सायमी द्वारा प्रस्तुत कार्यक्रम ज्यादै रोचक लाग्यो ।
@jiwanilameli
@jiwanilameli Жыл бұрын
साँच्चै राम्रो कार्यक्रम । सार्है महत्त्वपूर्ण । नगेन्द्र थापासंगको यो अन्तर्वार्ता एउटा मानक बन्नेछ ।
@tilakrai328
@tilakrai328 Жыл бұрын
गीतकार नागेन्द्र थापा नामै काफी ! नारायण गोपाल,गोपाल योन्जन,नागेन्द्र थापा,ईश्वर बल्लभ,काली प्रशाद रिजाल र पेमाला भाउजू लाई समेटेर एउटा गीति उपन्यास तयार गर्नु पर्यो प्रकाश सायमी दाई ।
@rakeshtumbapo1991
@rakeshtumbapo1991 11 ай бұрын
Naman nagendra sir
@shahadevkalikote4063
@shahadevkalikote4063 4 ай бұрын
नेपाली गीति साहित्यको स्रष्टाहरु संगको साक्ष्यात्कार आजको आवश्यकता हो । बिदेशी संगीतको प्रभावले नेपाली साहित्यका स्रष्टाहरुको पहिचान जोखिममा पर्दै गएको परिप्रेक्ष्यमा यो एउटा ऐतिहासिक सफलता हो ।
@shakuntalamspradhan7098
@shakuntalamspradhan7098 Жыл бұрын
Nagendra Dai layi hardic naman gardachu.
@issortamang1232
@issortamang1232 Жыл бұрын
Like from USA Virginia
@SushilDixit-n7i
@SushilDixit-n7i Жыл бұрын
यो प्रस्तुतिकरण सोचे भन्दा ज्यादै उत्तम र ऐतिहासिक लाग्यो !!!
@umamainali171
@umamainali171 Жыл бұрын
धेरै नयाँ नयाँ कुराहरु आज गीतकार नगेन्द्र थापाज्यु सङ्गको बार्ता द्वारा थाहा पाएँ। उहां्मा हार्दिक नमन 🙏🙏 साथै प्रकाश सरलाइ पनि यो रोचक कार्यक्रमको लागी हार्दिक आभार ब्यक्त गर्दछु 🙏🙏
@pemawangdi7592
@pemawangdi7592 Жыл бұрын
Nagendra Thapa jew lai suswastha ko kamna 😊
@manutamang5393
@manutamang5393 Жыл бұрын
हार्दिक नमन legendary Nagendra sir ज्यू लाई,,,🙏💐💐
@SantoshBista-z4t
@SantoshBista-z4t 8 ай бұрын
Siir K. Vannu U R. The Great Maya garnu Hamro Darjeeling lai
@ShankharBijukchhe
@ShankharBijukchhe Жыл бұрын
प्रकाश सायमी दाई तपाँईको बहुज्ञान प्रति म नतमस्तक छु अनि नमन । दाई स्व अरूण थापाको गीत सँगीत बारे एउटा भिडियो प्रस्तुत गरि दिनु भए हुन्थ्यो । धन्यबाद ।।
@usefullvideo7914
@usefullvideo7914 Жыл бұрын
सर,धेरै स्रष्टा हुनुहुन्छ काली प्रषाद रिजाल,यादब खरेल उहाँ हरुको पनि यसरी नै वार्तालाप ल्याउनु परो।
@レッサムデヴコタ
@レッサムデヴコタ 7 ай бұрын
बिरलै सुन्न पाइने अन्तरबार्ता
@lokmanmaskey3774
@lokmanmaskey3774 Жыл бұрын
नमस्कार ' l. मेरो गीत मेरै प्रतिविम्ब होइन .राम्रो लाग्छ .
@Wearethemakerss
@Wearethemakerss 10 ай бұрын
Dherai dherai dhanyebaad prakash sir lai history kaa kura nepali musicko legend kaa kura sunna payekoma
@manandharabhagisaubhagyash7336
@manandharabhagisaubhagyash7336 Жыл бұрын
सुनेर आनन्द आईरहेको छ
@manandharabhagisaubhagyash7336
@manandharabhagisaubhagyash7336 Жыл бұрын
नमस्कार🙏🙏
@gunjathapa-4318
@gunjathapa-4318 Жыл бұрын
बहुप्रतिभको धनी प्रकाश सायमी
@rajeshpradhan4661
@rajeshpradhan4661 10 ай бұрын
Good 👍👍👍 👍
@tilakrai328
@tilakrai328 Жыл бұрын
यस्तो मित्रता !😢
@jrmr790
@jrmr790 Жыл бұрын
स्वर सम्राट नारायण गोपाल बारे जानकारीको लागि प्रकाश सायमी र नगेन्द्र थापालाई सुन्नु उस्तै आवाज सुन्नुपरे रामकृष्ण ढकाललाई सुन्नु।
@rawpotato3651
@rawpotato3651 11 ай бұрын
Very interesting interview ❤❤❤ thank you both of you two legends
@premwaiba6383
@premwaiba6383 Жыл бұрын
धेरै धेरै धन्यवाद सारै रमाइलो लाग्यो यो इतिहासनै हो
@palchhangyonzon5969
@palchhangyonzon5969 Жыл бұрын
🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
@gomahari
@gomahari 8 ай бұрын
कस्तो राम्रो जानकारीमूलक अन्तर्वार्ता गाँठे🙏🙏🙏
@jeminmaharjan2676
@jeminmaharjan2676 Жыл бұрын
Nice !
@entertainmentvideo8569
@entertainmentvideo8569 9 ай бұрын
Great person❤😊
@NBDahalNavin
@NBDahalNavin Жыл бұрын
Great program नमन दाईहरु ।
@subarnatamu3987
@subarnatamu3987 6 ай бұрын
Jab sagha bhi hudaina tab samma sabai sagha mitrata ramro huncha
@evil5906
@evil5906 Ай бұрын
dherai mitho rochak lagyo ♥️🌷
@mounteverest9616
@mounteverest9616 Жыл бұрын
❤❤
@yogendrashahi9213
@yogendrashahi9213 3 ай бұрын
💖💖🙏🙏
@PradeepDewanसंगीतआश्रम
@PradeepDewanसंगीतआश्रम 10 ай бұрын
आहा ऐतिहासिक अन्तर्वार्ता ❤❤
@gyanendramalakar2453
@gyanendramalakar2453 Жыл бұрын
Naman, Namaskar, Honour with high respect to respected Nagendra Thapa Dai.We always remember you from the core of our heart ❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤
@bhuwanrai914
@bhuwanrai914 5 ай бұрын
🙏🙏🙏🙏
@sajinabhandari5431
@sajinabhandari5431 11 ай бұрын
so informative thank you Prakash sayami and Nagendra thapaji for being a medium of this communication ,valuable documentation and letting youths like us know about our musical history story behind every composition! watched the full show without pausing, a a great admirer of Prakash sayami sir
@bigyanniva6531
@bigyanniva6531 Жыл бұрын
"I would like call Prakash Sayami as the Living Encylopedia of Nepali Songs (LENS). In methaphorical sense, dictionary defines the word Lens as a channel through which something can be seen or understood. Don't you think as a writer/presenter he is the lens through which we can see or understand the history of Nepali music?"
@rakeshtumbapo1991
@rakeshtumbapo1991 11 ай бұрын
Sayad uhalai dubai gopalharule xodera gayepaxi yo sansar kati nyasro lageko hola😢😢😢
@pemawangdi7592
@pemawangdi7592 Жыл бұрын
Waha lai maile Darjeeling ma veteko ho sayad 1970 tira hola
@gurungkharkaraj9177
@gurungkharkaraj9177 9 ай бұрын
#49:38.... बेउडाँ !?? 😮😅😂 ❤👌🙏 fr. 🇭🇰 SAR.
@nagendrasijapati3678
@nagendrasijapati3678 7 ай бұрын
Prakash sayemi jasto gyani koi xain nepali sangit ra film ko history bare jai hos tapaiko
@jiwanilameli
@jiwanilameli Жыл бұрын
नमस्कार 🙏
स्वरका सारथि नारायणगोपाल
41:20
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Двое играют | Наташа и Вова
Рет қаралды 2,6 МЛН
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
Renchin Yonzon speaks on music great Gopal Yonzon
42:06
The Himal World
Рет қаралды 11 М.