नेपाली कांग्रेसले राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

  Рет қаралды 0

Anews Nepal

Anews Nepal

Күн бұрын

#nepalicongress #birgunj #nepal #anewstelevision
संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्राकृतिक विपद्का घटनाप्रति दुख व्यक्त गर्दै राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । बैठकले बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन आग्रह गर्दै राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका नागरिकको उद्दार गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । प्राकृतिक विपदमा परी घाइते भएकाको स्वास्थ्य उपचार तीव्र बनाउन सरकारलाई आग्रह गर्दै बैठकले मृत्यु भएका र बेपत्ता व्यक्तिलाई राहत दिन अनुरोध गर्ने निर्णय गरिएको उहाले बताउनुभयो । विपदका कारण अवरुद्ध सडकखण्डहरु छिटै सूचारु गर्नका लागि अग्रसर हुन पनि बैठकले आग्रह गरेको घिमिरेले जानकारी दिनुभयो । बाढीपहिरोबाट अन्नबालीमा क्षति भएकाले किसानहरुलाई उचित क्षतिपूर्ति दिदै नदि कटानलाई रोक्न व्यवस्थीत ढंगले नदि नियन्त्रणको कार्य गर्न पनि सरकारसंग माग गरिएको उहाले बताउनुभयो । बैठकमा गृहमन्त्री रमेश लेखकले प्राकृतिक प्रकोपबाट भएको क्षतिका बारेमा बैठकमा जानकारी गराउनुभएको थियो ।

Пікірлер
From Small To Giant Pop Corn #katebrush #funny #shorts
00:17
Kate Brush
Рет қаралды 71 МЛН
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15