Рет қаралды 100,236
लक्ष्मी ग्रुपले भेन्युपछि आइटेन र क्रेटा एसेम्बल गर्ने भएको छ । लक्ष्मी ग्रुप अन्तगर्तको लक्ष्मी मोटर्स कर्पोरेसनले नवलपरासीको एसेम्बल प्लान्टबाट थप दुई मोडलका गाडी एसेम्बल गर्न लागेको हो । लक्ष्मी समुह नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता पनि हो ।
हुण्डाईको गाडी नेपालमै एसेम्बल गर्न नवलपरासीको रामग्राम-६ मा लक्ष्मी मोटर्स कर्पोरेसनले एसेम्बल प्लान्ट तयार पारिएको छ । बैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेपछि प्लान्टबाट भेन्यु गाडी एसेम्बल सुरु भएको छ ।
लक्ष्मी समुहका कार्यकारी निर्देशक निराकार श्रेष्ठले आइटेनको उत्पादनको लागि सर्टिफिकेसन लिने प्रक्रियामा रहेको बताए । ‘अगष्टमा सर्टिफिकेटसन लिने काम पूरा हुन्छ । अनि उत्पादनमा जान्छौं । त्यसपछि क्रेटाको सर्टिफिकेसन डिसेम्बरसम्म लिइसक्ने लक्ष्य छ,’ उनले भने, ‘२०२५ को मार्चदेखि क्रेटा ईभीमा नै उत्पादन थाल्ने योजना पनि छ ।’
उनले २०२५ को जनवरीसम्म क्रेटा लन्च गर्ने गरि मार्चबाट व्यवसायिक उत्पादनको तयारी भइरहेको बताए । कम्पनीले पहिलो चरणमा भेन्यु गाडी उत्पादन थालेको छ ।
#clickmandu #hyundai #AssemblyLinebhairahawa