Рет қаралды 108,201
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
परमेश्वरले प्रत्येक आराधनाद्वारा सन्तानहरूलाई स्वर्गको आशिष् दिनुहुने भएकोले
परमेश्वरलाई विश्वास गर्नु र उहाँको भय मान्नु आफैमा खुशी र हर्षपूर्ण कार्य हो ।
[स्वर्गको आशाद्वारा सबै परीक्षाहरू जित्ने परमेश्वरको मण्डलीका सन्तहरू]
स्वर्गप्रतिको आशाविनाको विश्वासको जीवनले परीक्षाहरू ल्याउँछ ।
हामीले शैतानको धूर्तताबाट हार खाएका आदम र हव्वाको कार्यलाई नपछ्याईकन
अय्यूबको जस्तो अकाट्य विश्वास लिएर अन्त्यसम्मै परमेश्वरको सेवा गर्नुपर्छ,
अनि येशूज्यूको उदाहरणलाई पछ्याउँदै परमेश्वरको वचनद्वारा परीक्षालाई जित्नुपर्छ ।
[आन साङ होङ परमेश्वर र माता परमेश्वरले दिनुहुने स्वर्गको आशिष्]
स्वर्ग जाने बाटोमा बाधा पुऱ्याउने कुरा नै सांसारिक प्रलोभनहरू हो ।
४० वर्षे उजाड-स्थानमा इस्राएलीहरूलाई प्रत्येक क्षण परीक्षाहरू आएजस्तै
स्वर्गीय कनानतर्फ हिँडिरहेका परमेश्वरको मण्डलीका सन्तहरूलाई पनि परीक्षाहरू आउँछ,
तर हामीले पिता परमेश्वर र माता परमेश्वरप्रति अकाट्य विश्वास लियौं भने,
अन्त्यमा त्यसको सामना गरेर स्वर्गको आशिष् प्राप्त गर्नेछौं ।
प्रकाश ३:१०
“तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले,
तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु,
जो पृथ्वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ ।”
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com