Рет қаралды 4,911
ROLPA - सुन्दर रोल्पा || BIRTH LAND OF MAOIST|| REVOLUTIONARY DISTRICT-SHARE NEPAL
रोल्पालाई सबभन्दा बढी चिनाएको १० वर्षे माओवादी आन्दोलनले हो । माओवादीले सशस्त्र विद्रोहको शुरुवात रोल्पाबाट गरेपछि रोल्पालाई विश्व जगतले पनि राम्रैसँग चिन्यो । चिनिरहेको छ । नेपालमा भएको परिवर्तनमा ठूलो योगदान,बलिदान र तपस्या गर्ने जिल्ला नै रोल्पा हो भन्दा फरक पर्दैन । २०५२ साल भन्दा पनि यसको परिचय कायम त थियो तर उचाईमा पुगेको थिएन । खासमा रोल्पाको इतिहास बाइसे चौबिसे राज्यको अबस्थाबाट जोडिन्छ । यस भेगमा पनि छुट्टै राजाहरूले राज्य गर्दथे। तथापि यहाँका राजाहरूले अन्य राजाहरू जस्तो प्रख्याति भने पाएनन् ।वि.सं. १७०३को गजुलकोटमा काठमा लेखिएको अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ। सेन राजा गजुलमा सुरूदेखि नै बसेको भने पाइदैन। रोल्पा नामाकरणका पछाडी केही कारणहरु छन् ।
वि.सं. २०१८ सालमा नेपालका ३४ जिल्लाहरूलाई ७५ जिल्लामा विभाजन नगर्दा सम्म रोल्पा जिल्लाको वर्तमान क्षेत्र प्युठान र सल्यान जिल्लामा पर्दथ्यो। पछि सात सय सखी, आठ हजार बुढागाउँ, नौसय माडिखोला, रोल्पा बाईसखुवा र कालाशेष थुम (मौजा)का नामले चिनिने वि.सं. २०१८ साल पूर्वको रोल्पा क्षेत्र वि.सं. २०१८ सालमा सल्यान र प्युठानको केही क्षेत्र मिलाई बनाइएको र त्यस वखत ३३ गाउँ पञ्चायत रहेको थियो। पछि वि.सं. २०३४ सालमा सीमाना हेरफेर गरी ५१ गाउँ पञ्चायत बनाइयो । अहिले मुलुक संघीयतामा गएपछि १ नगरपालिकासहित १० वटा स्थानीय तह कायम गरिएका छन् ।
रोल्पामा कृषि र पर्यटनको राम्रो सम्भावना छ । परम्परागत कृषिलाई आधुनीकिकरण गर्न सक्ने हो भने जडिबुटी,फलफुल र नगदेबालीबाट मनग्ये फाइदा लिन सकिन्छ अर्कोतर्फ सशस्त्र आन्दोलन पश्चात बचेका युद्ध संरचनालाई संरक्षण गरी युद्ध पर्यटनको सम्भावनालाई अगाडी बढाउन सकिन्छ । माओवादी आन्दोलनसँग जोडिएका ऐतिहासिक थलोलाई प्रचार प्रसार गर्न सके मात्र पनि रोल्पाको गरिमा विश्व जगतलाई अवगत गराउन सकिन्छ । आउनुहोस् तपाई हामी मिलेर अब रोल्पाकोलागि केही गर्ने प्रयास गरौं ।
#Rolpa
#Thabang
#Jaljala
#Libang