म्याग्दीको दाना गाविस-२ मा रहेको मनमोहक रुप्से झरनाको भ्रमण गर्ने पर्यटक बढ्न थालेका छन् । सडक सुविधा र पूर्वाधारको विकासका साथै रुप्से झरनाको प्राकृतिक सौन्दर्यताका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । बेनी-जोमसोम सडकको मध्य भागमा पर्ने रुप्से झरनाको छङछङ गरी बग्ने छागोमा देखिने सदाबहार सप्तरङ्गी इन्द्रेणी निकै मनमोहक देखिन्छ । खण्डखण्ड भएर करिब ३०० मिटरको उचाइबाट खस्ने झरनाको सुन्दरता नजिकबाट नियाँल्न पाउँदा पर्यटकहरू फुरुङ पर्ने गर्दछन् । बेनी-जोमसोम सडक सञ्चालन भएपछि पदयात्रा तथा सवारीसाधनमार्फत मुस्ताङ जाने आउने पर्यटकहरूसँगै रुप्से झरनामा समेत पर्यटक बढेका स्थानीय शिक्षक जितबहादुर पुर्जाले बताउनुभयो । देशका विभिन्न स्थानबाट मोटरसाइकल, गाडी र पदमार्ग गर्दै आउने पर्यटकहरूका लागि रुप्से झरना आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ । रुप्से झरनाको नजिकमा संसारकै गहिरो अन्धगल्छी, अनि केही तल बग्ने पवित्र कालीगण्डकी नदीले रुप्सेमा पर्यटकलाई थप लोभ्याएको छ । दाना गाविसका सचिव तिलबहादुर बिसीका अनुसार वार्षिक डेढ लाख पर्यटकले रुप्से भ्रमण गर्ने गरेका छन् । तीन वर्षअघि रुप्से झरनाको नजिक पुग्न सकिने पदमार्ग र भ्यू टावर निर्माण गरिएपछि पर्यटकलाई सहज भएको विसिको भनाइ छ । जिविस, गाविस, पर्यटन कार्यालय तथा समुदायको प्रयासमा झरनाको अवलोकनका लागि फराकिलो बाटो, अग्लो स्थानबाट हेर्नका लागि भ्यूटावर निर्माण गरिएको छ । बेनी-जोमसोम सडकमा यात्रा गर्ने पर्यटकहरूलाई बाटैमा पर्ने रुप्से अवलोकन गर्न सहज गराउन सवारी पार्किङको व्यवस्था गर्न पहल भइरहेको गाविस सचिव बिसीले जानकारी दिए । Source: Kathmandu Today
@alokkunwar3537 жыл бұрын
Pride of beautiful Nepal... Thanks for sharing such a beautiful drone footage...
@aerotechnepal16297 жыл бұрын
Alok kunwar thank you very much... we will try our best to bring some awesome drone footage of nepal 🇳🇵 in coming days !
@simpleguy8917 жыл бұрын
Wow..heard about it but never knew its more beautiful than i imagined.
@Dhaulagiri14754 жыл бұрын
Wow Great pic and so lovely rupse Jharana.
@aerotechnepal16294 жыл бұрын
Thank you very much
@Kbs2842 жыл бұрын
Yo jharna kun jilla maa padxa
@theguy83397 жыл бұрын
Beautiful Nepal..and good drone footage.
@aerotechnepal16297 жыл бұрын
Kiran Gautam ..Thank you Kiran
@dimplethapa44337 жыл бұрын
Amazing ..beautiful..
@JohnJohnson-tx1nr7 жыл бұрын
Very beautiful, great job.👍🏻 Nchu , john.
@aerotechnepal16297 жыл бұрын
John Johnson ..Thank you very much John !
@Occasional_Yatri7 жыл бұрын
Awesome bro, teha mathhi pani jane thhau banako rahechha balla thhaha paiyo video herera, anyway good job. Mero pani heranu , you may like it.
@aerotechnepal16297 жыл бұрын
Thank you very much Suryes... Sure i will watch.. Please do subscribe for more videos ! Thanks..
@kalpanagurung98087 жыл бұрын
wow...it's beautiful..
@Danniugal7 жыл бұрын
Superb
@Nsp9332 жыл бұрын
location plz🙏
@iswarishrestha50775 жыл бұрын
attinai wow
@aerotechnepal16295 жыл бұрын
Iswari Shrestha : Thank you very much. Please do subscribe our channel to watch beautiful aerial footage of Nepal 🇳🇵Thanks !
@dlgmagar51574 жыл бұрын
Beautiful
@aerotechnepal16294 жыл бұрын
Thank you
@REDAppleseed4 жыл бұрын
best Waterfall near kathmandu valley Tindhare Jharana kzbin.info/www/bejne/ooClpWuFjt6Cers