Рет қаралды 158,533
Lyrics: L P Bhanu Sharma
Vocal: Swaroop Raj Acharya
Music: Shakti Ballav Shrestha
Contributor: Sila Bhandari
.......
सहज बन्दैछ जीवन, सरल बन्दैछ जीवन ।
महाज्ञानको प्रकाशले सफल बन्दैछ जीवन ।।
रोग अनिवार्य होइन, दुःख मेरो भाग्य होइन ।
आँसुको भेलमा डुब्न म जन्मिएको होइन ।।
आफू भित्र हेर्न सिक्दा उज्याले बन्दैछ यो मन ।
सहज बन्दैछ जीवन, सरल बन्दैछ जीवन ।।१।।
दोष खोज्न छोडें मैले के आफूमा के अरूमा ।
रिस रागको चक्र भन्दा माथि उठि सकें म ।।
रोपेर प्रेमको बिउ, कमाउंदैछु भक्तिको धन ।
सहज बन्दैछ जीवन, सरल बन्दैछ जीवन ।।२।।
संकल्प र आत्मबलले, चौतर्फी समृद्धि भर्दै ।
शान्त र प्रसन्न चित्त बोलीले सुवास छर्दै ।।
सेवा भाव छल्किएर हृदय बन्यो वृन्दावन ।
सहज बन्दैछ जीवन, सरल बन्दैछ जीवन ।।३।।