सेवाराे ,तुतु तेज बहादुर मेन्याङबो ज्यू र कार्यक्म सञ्चालक रामसिं थेबे ज्यू 🙏यहाँहरूको मुन्धुमी ब्याखाले हामी लिम्बुहरू बिच मतभिन्नता ,असमाज्यसातालाई राम्राे चिरफार भएकाे छ । तान्त्रिक मुन्धुम मात्र भट्याउदै आएका जति पनि येबा ,साम्वा ,फेजुकेम फेदाङमाहरूले मुन्धुमको जरा Root नै नभेटेसि ,किरात नाम नौलो लाग्न स्वभाविक नै हो ।
सेवारो गुरुहरूमा,यो किराँत शब्द जबरजस्ती लिखित मुन्धुममा पछि थपिएको आरोप छ, यस बारे तपाईँहरूले प्रस्तुत गर्नुभएको मुन्धुमको स्रोत के के हुन? कसरी संकलन गर्नुभयो? यसको सन्दर्भमा अझ खुलस्त पारिदिन हुन अनुरोध गर्दछु।
@ramlimbuthebe788615 күн бұрын
सेवारो प्रदिप आदाङ्बा हुन्छ हामी कोशिस गर्नेछौ, तर हजुरको जानकारीको लागि हामीले जो बख्यान गरेका छौ त्यो सबै हाम्रो किरात मुन्धुमको धरातलमा उभिएर बख्यान गरेको हो, यसको स्रोत नै मुन्धुम हो । मुन्धुम कुनै साहित्यकार तथा इतिहासकारद्वारा लेखिएको होइन, मुन्धुम मानव सृष्टिको साथसाथै हाम्रा युगपुरुष, महापुरुषहरद्वारा संयम तागेरा निङवाभुमाङ इङघङ इङजुम इसिक (संयम तागेरा निङवाभुमाङ) को बोलीलाई लेखिएको हो । यसमा अरु कुनै स्रोत समावेश गरिएको छैन साथै मुन्धुम बाहेक अरु कुनै स्रोत समावेश गर्नु पनि हुँदैन ।
@PradipPradip-l7z12 күн бұрын
@ramlimbuthebe7886 पेसाप मुन्धुम वा लिखित मुन्धुममा लेखिएको किराँतसर शब्दको अर्थ के हो ? यो शब्द याहाङ् वा अन्य कुन महापुरुषले भनेको थियो ? वास्तविक लिखित मुन्धुमको श्रोत के के छन ? यस बारेमा पनि कृपया जानकारी दिनुहोस न।
@yaakthung173715 күн бұрын
नकली लिम्बु र नकली मुन्धुम देखी सबै सचेत रहौ
@ramlimbuthebe788615 күн бұрын
"नक्कली लिम्बु र नक्कली मुन्धुम" तथा "सक्कली लिम्बु र सक्कली मुन्धुम" छुट्याउने सबै लिम्बुहरुको सम्मान अधिकार छ । यो एकैसौ सताब्दिमा हामी अनपढ र अबुझ छैनौ, हामी सबैले पढन र अनुसन्धान गर्नसक्ने क्षमता छ, आफ्नु क्षमतालाई त्यसै नष्ट नगर्नुस् । नक्कली र सक्कली छुट्याई आफ्नो सन्ततीको सुरक्षा गर्नुस । यस्तो खाल्को अभिव्यक्तिले हामी बिचमा घुस्ने अर्को धर्म सम्प्रदायलाई नमिलोस ।
@misekhang36415 күн бұрын
नक्कली र सक्कली लिम्बू को रहेछन? यो छुट्याउने कसलै ? मुन्धुमी ब्याखा अरूले लेखी दिएकाे मोटो मोटो किताबहरूमा खोज्दा पक्कै भेटिन्दैन होला । धेरै पढेर शिक्षित र प्राज्ञ हुन सकिएला ।तर मुन्धुम खोज्ने हो भने सावायेहाङ मुन्धुमको गहिराईमा डुब्ल्कि खेल्न सक्नु पर्यो । मुन्धुमको श्रोत मानिन्ने फेजुकेम फेदमङमा , सावाला साम्वा ,येबुङ येबा येमानीहरूनै हुन ।तर बिडम्वना के छ भन्दा वहाँहरूकाे मुन्धुम ब्यक्ति ब्यक्तिमा फरक फरक मुन्धुम छ ,त्यसै गरी खाजोङहरू फरक फरक रहेको छ । येबा साम्बाहरूको गुरु नै यामु सेरेसाम भएकाेले गर्दा वहाँहरूको सर्वोकृष्ट तागेरा निङवाभुमाङ नै यामु सेरेसाम येमानी भएको हुंदा प्रेतआत्मा संग मात्र बढी प्रेरित भएकाे प्रष्ट छ ।
@yaakthung173715 күн бұрын
@ पढेलेखेका विद्वान बर्गबाट नै ओरिजिन याक्थुङ मुन्धुम ईतिहास भाषा लिपि सस्कृति तोडमोड गरेको बंग्याईएको पाईन्छ यो एक्दम निन्दनीय कार्य हो
@ramlimbuthebe788615 күн бұрын
निन्दनीय छ भन्दै अरु अन्जान ब्यतित्वहरुलाई भ्रममा मात्रै राख्ने कि उनीहरूलाई भ्रमबाट बाहिर निकाल्न कोशिस पनि गर्ने ????????
@ramlimbuthebe788615 күн бұрын
कराएर मात्र हुँदैन आदाङबा गरेर देखाउनु पनि पर्यो । यदि तपाईंमा गरेर देखाउने कुनै स्रोत छैन भने हामीमा स्रोतको भण्डार माङ्सेबुङमा बिरजमान किरात धर्म गुरु मुहिङगुम अङसिमाङ लिङ्देन आत्मा नन्द "सेईङ" हुनुहुन्छ, गुरुको सरण पर्नुस मार्गनिर्देशन आवस्य हुनेछ । गुरु बिनाको चेला हुँदैन है आदाङबा ।