Рет қаралды 1,042
सिक्किम अकादमी द्वारा आयोजित पाँच दिवसीय लोक गीत प्रशिक्षण कार्यशाला गान्तोकमा सम्पन्न
गत १८ मई २०२४ देखि सिक्किम अकादमीले सुरु गरेको पारम्परिक संस्कार - संस्कृति माथिको पाँच दिवसीय कार्यशाला आज गान्तोकमा समापन भएको छ जसमा वरिष्ठ लोक संगीतकर्मी नरेन गुरुङले पाँचै दिन प्रशिक्षण प्रदान गरेका हुन्।
"हाम्रो मौलिकता राम्रो अस्तीत्व" नाराको साथ आयोजन गरिएको प्रशिक्षण कार्यशालामा कञ्चनजंघा राज्य विश्वविद्यालय, नरबहादुर भण्डारी महाविद्यालय, बुर्तुक सरकारी महाविद्यालयका शिक्षक विद्यार्थी र संस्कृति विभागका अधिकारी कलाकारहरूले भाग लिएको जानकारी गराईएको छ।
समापन कार्यक्रममा वरिष्ठ मादल वादक पञ्च बहादुर राई मुख्य अतिथिको रुपमा उपस्थित थिए भने जीवनीकार अनिता निरौला सभाध्यक्षको रूपमा उपस्थित भएका थिए ।
#sikkimchronicle #scnews #screport #scupdate