यस्लाई भनिन्छ लाईभ कन्सर्ट म्युजिसियन हरुको साथमा रहेर गीत गाएको त्यसैले त इन्डियन गीत संगीत विश्व सामु यसरी विकास भएको छ तर हाम्रा नेपालका गायक गायिका हरु को कन्सर्ट गीतको ट्र्याक मा हुन्छन् म्युजिसियन पर्दैन खर्च धेरै हुन्छ भनेर आफूले पैसा कुम्ल्याउँछन् यसरी यस्तै लोभी प्रवृति ले नेपालको गीत संगीतको विकास हुन नसकेको हो । ट्रयाके हरु कै कारण नेपाली म्युजिसियन हरुले कुनै पनि बाजाहरु बजाएर बाँच्ने आधार गुमाई रहेका छन् । साथै नेपाली बाजाहरु समेत लोप हुँदै गएका छन् । जुन देशको बाजाले त्यस देशको गीत कला संस्कृति को पहिचान तथा चिनारी जनाउँछ । बाजा नै नरहे देशको कला संस्कृति सबै लोप हुँदै जानेछ । त्यसैले गीतको ट्र्याक बाट कार्यक्रम गर्न बन्द गरौं ।