Рет қаралды 1,375,615
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहररू विद्यालयका कार्यक्रमहरूमा अत्याधिक रुचाएका छन् | ती बालगीतहरू विद्यालयमा नचाइञ्छन् , गाइञ्छन् ।
ताराबाजी लै ! लै !!
गीतकार
रामबाबु सुवेदी
सङ्गीतकार / सङ्गीत संयोजक
सुविन सेन्चुरी
मिक्सिङ / मास्टरिङ
रवि सुनार
स्टुडियो
ओटु स्टुडियो, सामाखुसी, काठमाडौं
गायिका
रफेला महर्जन
टेरेसा विश्वकर्मा
जेनी चित्रकार
प्रायोजक
स्नेहा गुरुङ
विशेष आभार
प्रा.डा. चूुडामणि “बन्धु” : प्राज्ञ, नेपाल प्रज्ञा प्रतिष्ठान
बालकलाकार
श्रीन्सा बोहोरा
चाहना घर्ती
आरुशी सुन्दास
प्रतीक्षा श्रेष्ठ
कृति थापा मगर
कोहिनुर गुरुङ
श्रृष्टि कुमाल
भिडियो निर्देशक
आचार्य गोपाल
कोरियोग्राफर
रूपेश श्रेष्ठ
सम्पादन / रङ्ग संयोजन
मनोजकुमार पन्त
छायाङ्कन / ड्रोन
सुजय गौतम
सहायक निर्देशक
सन्जु नेपाली (टाइग्रिस)
शृङ्गार
रजिता पराजुली
विशेष धन्यवाद
आनन्दराज त्रिपाठीः मेयर,भानु नगरपालिका , तनहुँ
ऋषिराम पन्तः अध्यक्ष, आदिकवि भानुभक्त जन्मस्थल विकास समिति
शङ्कर रानाभाट : निर्देशक, आदिकवि भानुभक्त जन्मस्थल विकास समिति
सकित पन्थ : प्रिन्सिपल, तनहुँ मनकामना बोर्डिङ स्कूल
निर्दोस आले मगरः भाइस प्रिन्सिपल, तनहुँ मनकामना बोर्डिङ स्कूल
सुजाता बोहोराः एकाउन्टेन्ट, तनहुँ मनकामना बोर्डिङ स्कूल
तनहुँ मनकामना बोर्डिङ स्कुल परिवार
सर्वाधिकार © रामबाबु सुवेदी २०२३
गीतकार रामबाबु सुवेदीको परिचयः
-------------------------------------------------
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) बाट एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् , जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन् । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा - लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हुन् ।
यस च्यानलमा रहेका गीत संगीत तथा भिडियोहरू( videos) कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ ।
#Rambabu_Subedi #Acharya_Gopal #Subin_Century