Рет қаралды 370
मुन्धुम अनुसार प्राचिन समयमा हरेक जिवित प्राणि र जिवात्मासँग मानिसको बोलचाल हुन्थ्यो। जस्तै होमु(भालु), गुक्स्यु(बाघ), सोक्से(बाँदर), ब्रक्स्यु(घोरल), द्योर(मृग), सजिमापो(ढुकुर), परेप्तो(…), बोबोप(लाटोकोसेरो), ङारकुवा(कऱ्याङकुरुङ) आदी। यदि त्यो बोलचाल सम्भव हुन्थ्यो भने साङ्केतिक भाषा भन्दा अरू केहि हुनै सक्दैन। अर्थात किराती समुदायले प्राचिन युगमा शरिरको कुनै अङ्गको इशारा वा साङ्केतिक रूपमा बोलचाल गर्थे त्यसैले हरेक प्राणिसँग बोलचाल हुन्थ्यो। हुन पनि अझै सम्म किराती समुदायको संस्कारमा साब्दिक पुकार भन्दा, “सिली”बाट नै विधि पूरा गरिन्छ। त्यसैले “सिली” किराती समुदायको प्राचिन भाषा हुनुपर्छ(जुन बेला अहिलेको जस्तो भाषिक विकास भएको थिएन) अर्थात त्यहि भाषा (साङ्केतिक रूपमा गरिने बोलचाल) को अवशेष नै अहिलेको “सिली” हुनुपर्छ।
अहिले “सिली” भन्नाले नाचलाई बुझिए पनि, यसको अर्थ “सिको” अर्थात “नक्कल गर्नु” हो। मुन्धुममा धेरै कुराहरू भन्न वा चिनाउन खोजिएको बस्तु वा जिवको सिको वा नक्कल गरेर अर्थात “सिली” बाटै एकले अर्कालाई भन्ने वा व्यक्त गर्ने वा चिनाउने गर्ने गरिन्छ। त्यसैले मुन्धुम बुझ्न “सिली” र भाषा दुबै बुझ्नु पर्दछ। अहिले भाषिक विकास भएर मानव आधुनिक युगमा रहे पनि, किराती समुदायमा प्राचिन सभ्यताको चिनोको रूपमा रहेको अवशेष अझै छ।
यो अवशेषलाई पुस्तौ सम्म पुऱ्याउन पनि सबैले तोसी(साकेला) नाचौँ🙏🙏
फेरी पनि साकेलाको शुभ-कामना🌺