Рет қаралды 44,837
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
[विपत्तिहरूको विषयमा अगमवाणी गरेका अगमवक्ताहरू र मुक्तिको बाटो]
परमेश्वरले यस वर्तमान युगमा झर्ने विपत्तिहरूको विषयमा
सपन्याह, मलाकी, पत्रुस र यूहन्ना लगायतका आफ्ना अगमवक्ताहरूमार्फत
पहिल्यै अगमवाणी गरिदिनुभएको थियो । पवित्र आत्माको युगका मुक्तिदाता
नयाँ नाउँ आन साङ होङज्यूको नाउँ पाएका मानिसहरू मात्र
अन्तिम विपत्तिबाट बचाइन सक्नेछन् भनेर जानकारी दिनुभएको छ ।
[परमेश्वरको मोहोर, नयाँ करार निस्तार-चाड]
पुरानो करारको समयमा, थुमाको रगत लगाइएको घर मात्र विपत्तिबाट पार हुन सकेको थियो भने
यस वर्तमान युगमा निस्तार-चाडको थुमाको वास्तविकता हुनुभएका येशूज्यूको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यमा सहभागी भएका मानिसहरू मात्र परमेश्वरको मोहोर प्राप्त गरेर विपत्तिहरूबाट बचाइनेछन् ।
[परमेश्वरको मोहोरको विषयमा सारा संसारमा सुनाउने परमेश्वरको मण्डलीका सन्तहरू]
परमेश्वरको मण्डलीका सन्तहरूले आन साङ होङज्यू र माता परमेश्वरले थाहा दिनुभएको
नयाँ करार निस्तार-चाड मान्दै, भक्तिहीनहरूको इन्साफ र विनाशको निम्ति साँचिराख्नुभएको
अन्तिम विपत्तिबाट पार हुनको निम्ति परमेश्वरको मोहोर प्राप्त गर्नुपर्छ भन्ने मुक्तिको खबर सुनाउने
मिशन पूरा गरिरहेका छन् ।
इजकिएल ७:९
“... तेरो माझमा भएका घृणित व्यवहार र घिनलाग्दा कामहरूका निम्ति
म तँलाई दण्ड दिनेछु । तब प्रहार गर्नेचाहिँ म परमप्रभु नै हुँ भनी तैंले जान्नेछस् ।”
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com