Рет қаралды 3,638
उच्च मनोबलका साथ आइसीसी लिग टु अन्र्तगत, त्रिकोणात्मक सिरिज खेल्न क्यानडा पुगेको, नेपाली टोलीले लज्जास्पद प्रर्दशन गर्दा लगातार तेस्रो हार व्यहोरेको छ । गएराति सम्पन्न क्यानडा विरुद्धको दोश्रो खेलमा नेपाल ५ विकेटले पराजित हुदा, नेपाली शीर्ष क्रमका व्याटरहरुले कुनै किसिमको जिम्मेवारी र धैयता देखाउन सकेनन् । उनीहरु, देशका लागि भन्दा पनि रमाइलोका लागि खेले जस्तो देखिएको थियो । नम्बर वान एशोसिएट टोली बन्ने उद्घोष गरिएपनि, व्याटरहरुले गल्लीमा खेले भन्दा तल्लोस्तरको व्याटिङ गरेपछि, नेपालले हार भन्दा अरु सामना गर्ने कुरै थिएन् । टस जितेर कप्तान रोहित कुमार पौडेलले व्याटिङ रोज्दा, धेरै नेपालले राम्रो इन्टेन र कन्फिडेन्टका साथ इनिङ सुरु गर्ने अपेक्षा गरेको थियो । तर, अर्जुन साउद र आसिफ शेषको जोडीले फेरि एक पटक सबैलाई निराश बनायो ।
#sandeeplamichhane #nepalvscanada #cricketleague #nepalcricket