Рет қаралды 18,045
यस युमा साम्यो च्यानलमा याक्थुङ लिम्बुहरुको युमा साम्यो (युमाधर्म) अनुसार साक्मुरा फेम्मुरा वदेम्मा(गालिसराप बगाउने)अनुष्ठानको बिधि र मुन्धुमको बाचनशैलि साथै साक्मुरा फेम्मुरा वदेम्माको सम्पूर्ण मुन्धुम लगाउने कोशिस गरिएको छ। यो डकुमेन्ट्रि धरान उपमहानगर पालिका वार्ड नम्बर १५ स्थित श्री प्रेम खजुम ज्यूको घरमा येबा श्री धनराज थलङ द्वारा गरिएको तुम्याङ्हाङ् तङ्सिङ अनुष्ठानको क्रममा लिईएको स्रब्य दृष्य सामग्री हुन। यस स्रब्य दृष्य सामग्रीमा पेगिफाङ्सामहरुलाई लाम्लक (स्वागत) बिधि पनि समेटिएको छ।
श्री प्रेम खजुम ज्यूलाई धन्यबाद साथै येबा श्री धनराज थलङ ज्यू र उंहाका पेगिफाङ्साम समुहलाई।