Рет қаралды 21,509
उद्योग क्षेत्रबाहेक नेपालमा सबैभन्दा धेरै तिहारको लक्ष्मी पूजाको दिन बिजुली माग हुन्छ । लक्ष्मी पूजाको दिन घरभरि बत्ती बाल्ने र झिलिमिलि बत्तीले घर सजावट गरिने हुँदा यस दिन मागेजति बिजुली पुर्याउन मुस्किल पर्छ । तर, यो वर्ष लक्ष्मीपूजाको दिन गत वर्षभन्दा कम माग भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएपछि तीन वर्षअघि लक्ष्मीपूजाको दिनदेखि देशलाइ लोडसेडिङमुक्त गरिसकेका थिए । अत्यासलाग्दो लोडसडिङको अन्धकारबाट उन्मुक्ति पाएका ग्राहकलाई यसपटक त प्राधिकरणले तिहारमा ढुक्कसँग बिजुलीबत्ती बाल्न र झिलिमिलिमा रमाउन सूचना नै जारी गरेको थियो । तैपनि, तिहारको लक्ष्मी पूजाको दिन हुने बिजुलीको उच्च माग पूरा गर्न प्राधिकरणलाई हम्मे हम्मे नै पर्ने गर्छ । तर यसपटक भने गत वर्षको लक्ष्मीपूजाको दिनभन्दा १६ मेगावाट कम बिजुली खपत भएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मीपूजाको दिन १ हजार १ सय ५ मेगावाट बिजुली माग भएकोमा यसपटक आइतबार लक्ष्मी पूजाको साँझ ६ बजे १ हजार ८९ मेगावाट मात्र बिजुलीको माग भएको थियो र यो नै उच्चतम माग रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गत आर्थिक वर्षभरिमा उच्चतम माग १३ सय २० मेगावाट थियो । आइतबार १४ सय मेगावाट बिजुली माग हुन सक्ने प्राधिकरणको आँकलन थियो । तर विद्युत चुहावटमा भएको नियन्त्रण, उपभोक्ताले ऊर्जा कम खपत गर्ने बल्ब प्रयोग गर्नु र यो वर्ष तिहार अगाडि परेकाले पनि माग नबढेको हो ।
यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकाको उच्चतम माग ३ सय ३१ मेगावाट रहेको प्रधिकरणको भनाइ छ । प्राधिकरकणले आफ्ना विद्युत गृहहरुबाट ५ सय ४६ मेगावाट, निजी क्षेत्रबाट ४ सय ३६ र भारतबाट १०७ मेगावाट आयात गरी १ हजार ८९ मेगावाट विद्युत् आपूर्ति गरेको जनाएको छ ।
यस वर्ष प्राधिकरणका ६० मेगावाटको माथिल्लो त्रिशूली '३ ए' तथा १४ मेगावाटको कुलेखानी तेस्रो र निजी क्षेत्रका केही जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा थपिएकाले भारतबाट आयात हुने परिमाण पनि घटेको जनाइएको छ । लक्ष्मी पूजाको साँझ विद्युत माग र आपूर्ति व्यवस्थापन मिलाउन प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा खटेको थियो । प्राधिकरणले विद्युत अवरोध हुन नदिन मुलुकभरका वितरण केन्द्र, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision