Abiral Ghimire (Himalayan Chitahaa), अविरल घिमिरे (हिमालयन चितुवा)

  Рет қаралды 1,424

Ram Narayan Ghimire

Ram Narayan Ghimire

2 жыл бұрын

बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहेका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गरेका छन्। लगातार १३ औँ पटकसम्म हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित बक्सर हिमचितुवा घिमिरेले विश्व रेकर्ड बनाउन सफल भएका हुन्।
जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा शनिबार साँझ 07/05/2022 मा सम्पन्न हिट-५० प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा हिमचितुवाले थाइल्याण्डका बक्सर विला साकलेकलाई पहिलो राउण्डमा नै रिङमा ढालि नक आउट गरेका थिए। उनीहरु दुवै ‘के वान प्रोफेसनल किक बक्सिङ’ भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन्।
सिमुरा डोजोको ५०औ वार्षिकोत्सका अवसरमा आयोजित सो प्रतियोगितामा हिमचितुवाले तीन राउण्डको १२ मिनेट हुने खेलमा साकलेकलाई पहिलो राउन्डको २ मिनेट ५४ सेकेन्डमा ढालेका हिमचितुवाका प्रशिक्षक देव घिमिरेले जानकारी दिए। पुर्व करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र दक्षिण एशिया कै पहिलो के-वान खेलाडी देव घिमिरे सहित जापानीज प्रशिक्षक सिमुरा तामियो र चाउ लोगेट हिमचितुवाको मुख्य प्रशिक्षका रहेका थिए।
प्रशिक्षक देव घिमिरेका अनुसार अविरल घिमिरेले सिमुरा डोजोबाट प्रशिक्षण लिइ नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्दै आइरहेका छन्। यस अगाडि गत 2022/02/27 टोकियो सहरमा आयोजित ७० केजीको ‘के-वान प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’मा जापानीज किक बक्सर दाइकि माचुसितालाई पहिलो राउण्डमा नै साथै 2021/03/28 टोकियो शहरमै कोतेत्सुलाई पनि पहिलो राउन्ड मै जीत निकाल्दै किक बक्सर घिमिरेले किक बक्सिङ खेलमा नयाँ रेकर्डसमेत कायम गरेका थिए।
७० केजि हिट-५० प्रोफेसनल किक बक्सिङ तौल समूहको प्रतिस्पर्धामा लगातार चार पटक विजयी हुने र टाइटल बेल्ट जित्ने उनी बिश्व कै पहिलो खेलाडीसमेत बनिसकेका छन्। विश्वप्रख्यात सो प्रतिस्पर्धामा उनको विजयको अविच्छिन्न यात्रा जारी छ। गत वर्षहरुमा पनि ‘हिट ४७,४८,४९ प्रोफेसनल किक बक्सिङ च्याम्पियनसीप’को टाइटल उपाधि किक बक्सर खेलाडी अविरलले चुमेका थिए।
ब्राजिल, बोलिभिया, कोरिया, थाइल्यान्ड र जापानका खेलाडीसँग भिडेका घिमिरेले हाल सम्म १७ वटा अन्तर्राष्ट्रिय प्रोफेसनल किक बक्सिङ प्रतियोगिता खेलेको मध्य१४ वटा खेलमा जीत हासिल गर्दा १३ वटा खेलमा नक आउट गरि बिजय हासिल गरेका छन्।
अविरल घिमिरे (हिमालयन चितुवा) चन्द्रागिरि नगरपालिका गुरुजुधारामा सन् 1999 सेप्टेम्बर 9 मा जन्मिएका ऊनी हाल जापानको नागोयामा उनका पिता तथा प्रशिक्षक समेत रहेका पुर्व के-वान तथा अन्तर्राष्ट्रिय क्युकोशिनका समेत खेलाडी रहेका देव घिमिरे परिवार सहित ५ वर्ष देखि जापानको नागोया शहरमा बस्दै आइरहेका छन्।
विश्वका युवापुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने अविरल पहिलो नेपाली बक्सर बनेका थिए। रासस

Пікірлер: 10
@user-wd8eb9jp8j
@user-wd8eb9jp8j 2 жыл бұрын
I like people to be honest players and also the pride of Nepal
@devkumarghimire4205
@devkumarghimire4205 2 жыл бұрын
Great nepal 🇳🇵 good job 👏
@rajeshghimire8513
@rajeshghimire8513 2 жыл бұрын
good job
@Pokhara992
@Pokhara992 2 жыл бұрын
🔥🔥🔥
@Pokhara992
@Pokhara992 2 жыл бұрын
🔥🔥🔥🔥
@sazinR
@sazinR 2 жыл бұрын
👍👊👊👊👊
@Carfreak0
@Carfreak0 Жыл бұрын
ye hajur aja trial oralo ma jana alik dhila bho vanera fail garaidyo ..damna le ..6 7 hajar dinxu nikaldinus ta license ..hajur le ta ek call garera bhaihalxa ..plzz
@RN_Ghimire
@RN_Ghimire Жыл бұрын
Trial vanda 1,2 din aayera practice garnus na majja le pass hunxa
@Carfreak0
@Carfreak0 Жыл бұрын
@@RN_Ghimire practise ta gareko ho ni ..30 min ko 1200 re ..ani 10 mintue ta gaddi paxadi waiting mai lagyo ..jamma 20min ghumiyo tei bhara fail bhaye🤣🤣 khali xai kaile hunxa ? ek din aayera garnu parla khali wala din
@RN_Ghimire
@RN_Ghimire Жыл бұрын
beluka 4 baje tira aaunus
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 77 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 106 МЛН
JUNGLE FIGHT 50   Tiago Trator x Dimitry Zebroski
21:34
Jungle Fight TV
Рет қаралды 110 М.
How to Become Pro Boxer in India - A to Z Boxing Career [HINDI]
9:38
The Punch Boxing
Рет қаралды 109 М.
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 77 МЛН