Рет қаралды 1,013
निलबाराही गण नाचको यी कुराहरु के तपाईले सुन्नुभएको छ? 👂
भन्नुहोला, यो कुनै कथा मात्र हो, तर बोडेको निलबाराही गण नाचमा यस्तै रहस्यमय कहानी रहेको छ।
-- निलबाराही नाच, जसलाई "गुन्हिंपुन्हिं या द्यो प्याखं" पनि भनिन्छ, तान्त्रिक विधिमा आधारित एक अद्वितीय परम्परा हो। जस्तो सुकै दुःख, समस्या, कठिनाई, बाधा, विघ्न आए पनि यो नाच रोकिन्न, गर्नैपर्छ रे। यहाँका जेष्ठ नागरिकहरूका भनाइ अनुसार, बि.सं. १९९० को महाभूकम्प र महामारीको रूपमा फैलिएको बिफर रोग जस्तो समयमा पनि यो नाच निरन्तर चलि रहको थियो। म आफुलाई नै ज्ञात भएको २०७२ सालको विनाशकारी महाभूकम्प, र विश्वभर फैलिएको कोभिड रोगको संक्रमणकालमा पनि यो नाच निरन्तर चलिरहेकै थियो।
-- देवता बनेर नाच्ने देवगणको केहि भई जुठो परेको होस् वा आफ्नै आमाबुबाको निधन भएर शोक परेको होस्, नाचको अवधिमा नाच्नैपर्ने वाध्यता हुन्छ।
-- नाचमा भाग लिने देवताहरूले मुखुण्डो (ख्वापा) लगाएर तीन रात र चार दिनसम्म निरन्तर नृत्य गर्छन्, र नाचको समयमा खान, पानी पिउन, वा बोल्न पनि अनुमति हुँदैन। नृत्य गर्ने देवगणका घर परिवारका सदश्यले समेत नाच नसकियसम्म निराहार बस्नुपर्ने चलन छ।
-- नृत्य गर्ने देवगण भुइँमा वा कुर्सीमा कतै बस्न मिल्दैन। यद्यपि, सहयोगी (ज्वकालु) को खुट्टामा भने विश्राम गर्न मिल्छ।
-- नाचको क्रममा, पानी परे पनि ओथ लाग्न मिल्दैन, न त छाता ओढ्न नै। अझ भनिन्छ मुकुन्दो (ख्वापा) लगाइसकेपछि, नाच नसकुन्जेल दिशा-पिसाब जस्तो शारीरिक आवश्यकताको काम पनि गर्न मिल्दैन।
सोच्नुहोस्, तीन रात र चार दिनसम्म यसरी कठोर नियममा बसी नाच्नुपर्ने!
यही हो निलबाराही नाचको कठोरता र गौरव।