गौतम बुद्ध लाई ‘भगवान’ भन्नुभन्दा ‘महामानव’ भन्नुपर्छ जस्तो लाग्छ मैले बुझेसम्म। उहाँ आफैंले पनि “म भगवान होइन” भन्नुभएको थियो रे। फेरि अरु भगवान भनिएका देवताहरु जस्तो अस्तित्व नै यकिन गर्न नसकिएको होइन उहाँलाई। बुद्धको जन्मदेखिका प्रमाणहरु छन् उहाँ त बुद्धत्व प्राप्त गरेको हामीजस्तै मानिस हुनुहुन्थ्यो ।