Рет қаралды 73,327
गाउँनै रूवाउने बेहुली
एक जमानाका बैदेशिक रोजगार देखिको साथी बिदुर गिरीकी छोरी सृजना गिरीले बिदाइमा सबै माइतीलाइ मात्र भावुक बनाइनन् फोटो भिडियो खिच्नेहरूलाइ झन रूवाइन् । बेहुली अन्माएपछि परिवारभित्रका मान्छे रूएको त देखेको थिएँ पुरै गाउँलाइ नै रूवाएको र जन्तीहरूलाइ समेत भावुक बनाएर अन्मिएको भने कमै देखेको छु । सरल, इमान्दार तथा सबैकी प्यारी सृजना घरमा पनि यसैगरी सबैको मनमा छाउनेछिन भन्ने बिश्वास छ । दाम्पत्य जीवनको शुभकामना छोरी । दाजु राजेश गिरी अनि साथी रबि गिरी र लासी अर्थात लक्ष्मण भारती अनि भाउजु रोशना गिरी भक्कानिएको देख्दा मैले मास्क लगाएर भएपनि बलियो बन्ने कोशिष गरें ।
दिदिको बिदाइमा बहिनी सबिना गिरीको त कुरै नगराैं शब्दै छैन । यस्तो अबस्थालाइ चित्रण गर्ने खालको गीत एउटामात्र भएकोले मैले रामेछापका लोक गायक रामकुमार नेपालीले गाएको गीत राखेर सानो क्लीप तयार गरेको छु । हेर्नु होला है ।