Рет қаралды 874
मुटुको टुक्रालाइ बिदाइ गर्दाको पीडा । छोरी अन्माउँदा बाबुआमाको यस्तो हालत । आफन्त सबै भक्कानिए ।
एक जमानाका बैदेशिक रोजगार देखिको साथी बिदुर गिरीकी छोरी सृजना गिरीले बिदाइमा सबै माइतीलाइ मात्र भावुक बनाइनन् फोटो भिडियो खिच्नेहरूलाइ झन रूवाएकी थिइन । त्यो भिडियो मन पराएर साथी बिदुर गिरीले जेठी सासुकी छोरी बबिता गिरीको बिहेका लागि मलाइ नै फोटो भिडियोको जिम्मा उतिबेलै दिनुभएको थियो । बबिता गिरीलाइ पनि अन्माउने बेलामा बुबा सुरथ गिरी, आमा सुनिता गिरी र दिदी सबिता गिरी लाइ भाइ सुबोध गिरीले संझाउन सकिरहेका थिएनन् ।
यस्तो अबस्थालाइ चित्रण गर्ने खालको गीत एउटामात्र भएकोले मैले रामेछापका लोक गायक रामकुमार नेपालीले गाएको गीत र ओखलढुंगा पाेकली वाच्पुका लोक गायक राजु ढुंगेलले गाएका गीतहरू तथा नेपाली पंचेबाजा र ब्याण्डबाजा समेत राखेर सानो क्लीप तयार गरेको छु । हेर्नु होला है ।
काठमाडौंको सफल भ्याल्ली भ्यू रिसोर्टमा सम्पन्न बिहेमा खिचेका भिडियोलाइ यसमा समाबेश गरेको छु । छोरी अन्माउँदा जन्मदिने बाबु आमालाइ कस्तो हुन्छ भन्ने कुरा देखाउन खोजेको छु भिडियो छोटो छ पुरा हेरेर प्रतिक्रिया दिनुहोला है । सस्क्राइव नगर्नेहरूले सस्क्राइव गर्नुहोला अनि लाइक र कमेन्ट चाही पक्का गर्नुहोला है । @gaunledipak