Рет қаралды 1,264
#Gaurishankar_Jharana
यस भिडियो मार्फत उक्त गौरीशंकर झरनामा कसरी पुग्न सकिन्छ र यस झरनाको बारेमा केहि जानकारी थाहा पाउन सकिन्छ । बेसीशहरबाट पूर्व दिशा तिर देखिने झरना हो यो । ठाडो लाइनको बाटो र रानीकुवाको बाटो हुदै दुवै तिर बाट जान सकिन्छ । बेसीशहरबाट हिडेर करिब २ घण्टा ३० मिनेटमा पुग्न सकिन्छ भने जंगलको बाटो जानु पर्ने भएकोले अलि कठिन नै हुन सक्छ । बेसीशहर नगरपालिका वडा नं. १०, आँपचौर गाँउबाट नजिकै देखिने यस झरनाको वास्तबिक नाम गौरीशंकर झरना हो । १२ महिना झरना नदेखिए पनि बर्खाको समयमा भने मनमोहक तरिकाले झर्ने गर्छ । उक्त गाँउलेहरुको भनाई अनुसार यस झरनाको आफ्नै किवदन्ती रहेको बुझिन्छ । गाँउमा खडेरी पर्दा गौरीशंकर झरनामा गएर ३ पटक सम्म कराएर “गौरीशंंकर पानी देउ” भने पछि पानी पथ्र्यो भन्ने विस्वास रहेछ ।