सम्झनाको कोसेली साईको सम्झनाको कोसेली साईको चरणमा .(September 8, 2010) २०१० को प्रशान्ति यात्रा स्वामी सँगको प्रेमको गाथा महिनौंको श्रम अर्पण गर्न केवल साईको दर्शन गर्न पुग्यौँ हामी पुट्टपर्ति । नेपाली युवा र साईको माया जस्तैै दिवाको घाम र छाँया त्यस्तै रातमा चाँदनीको चमक कुशें औँसीको दिनको रौनक पर्खाइ मात्र साई पिताको । तिमी नै साई जगत् स्वामी हौ तिमी अन्तरयामी साई युवाको परिक्षा लिन आएनौ तिमी दर्शन दिन छट्पट् हामी युवा भित्र । दर्शनको समय कट्नै लाग्यो साईलाई पुकारको भाव जाग्यो गर्यौँ मनबाटै साई स्तुति पवित्र वेद पाठको श्रुति आगमन भयो हाम्रो बाबाको । कुलवन्त हल्भित्र खुशीको लहर साईको साथको उत्कृष्ट प्रहर पहिलो चरण साई सरस्वती आमा र बुबा, संगिनी र साथी गाउन थाल्यौँ साई युवा हामी । साई प्रेमको अमृत धारा हामी युवाको एक मात्र सहारा कसरी वर्णन गरु त्यो पलको प्रभु सँगको समाधिको झलको मात्र साई तिमी र हामी । त्यो हरेक पल साईको साथ भयो होला आज सबै इतिहास तर त्यही इतिहास भएको छ आज साई प्रेमको सुगन्धको बीज साई र नेपाली युवाको अमर प्रेम ।
@drmeenu79423 жыл бұрын
this beautiful song reminds the Nepalese devotees their heart touching experience ❤🙏🙏