"हाम्रो अभियान, वोन धर्मको पहिचान"

  Рет қаралды 836

TAMU PYE LHU SANGH UK

TAMU PYE LHU SANGH UK

Күн бұрын

तमु प्ये ल्हु संघ केन्द्र पोखरा नेपालको आयोजनामा र तमु प्ये ल्हु संघ युकेको संयोजकतामा "हाम्रो अभियान, वोन धर्मको पहिचान" र तमुहरुले धर्मको नाममा सबै बोन लेखौँ र लेख्न लगाउँ भन्ने मुल नारालाई आत्मसाथ गराउन को लागि अनलाईन जुम भर्च्युल सम्बाद को कार्यक्रम सुक्रवार २६ फेब्रुअरी २०२१ को दिनमा भव्यताका साथ सम्पन्न भयो | युकेको समय बिहान १०।३० बजे र नेपालको समय दिउँसोको ४।३० बजे बाट सुरु भएको उक्त्त कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्र नेपाल देखि स्वदेश तथा बिदेस भरी बिभिन्न जिल्ला तथा बिभिन्न देशहरुमा क्रियाशील तमु प्ये ल्हु संघ शाखा तथा उपशाखाहरुमा अबद्ध रहनु भएका बिभिन्न पदाधिकारी ज्युहरु, नेपालका बिभिन्न प्रदेशका प्रदेश प्रतिनिधि ज्युहरु लगायत संसार भरी छरिएर रहेका तमु दाज्युभाई तथा दिदीबहिनीहरुको निकै बाक्लो रुपमा उपस्थिती रहेको थियो।
तमु प्ये ल्हु संघ केन्द्रको अध्यक्ष्य हितकाजी टु क्ल्हेप्री तमुको सभापत्तित्वोमा सुरु भएको उक्त्त कार्यक्रमलाई तमु प्ये ल्हु संघ युके का महासचिव खेम सरब्ज तमु ले सन्चालन गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाव हरुलाई तमु प्ये ल्हु संघ युके शाखाका अध्यक्ष्य मेजर खुशीमान ल्हेँगे तमु एम भि ओ ले स्वागत गर्नु भई कार्यक्रमको बिस्त्रित जानकारी गराउनु भएको थियो। "हाम्रो अभियान, बोन धर्म हाम्रो पहिचान" भन्ने मुल मन्त्रलाई आत्मा साथ गर्दै बोन धर्म भनेको के हो ? बोन को सुरुवाद के कसरी भएका थिए? आगामी नेपालको जनगणनामा हामी तमु हरुले बोन धर्म लेख्नु किन जरुरी छ? अबको जनगणनामा बिदेशमा रहेका तमुहरुले के कसरी यसको लागि दर्ता गर्न सकिन्छ? भन्ने मुख्या बिषयलाई प्रस्ट पार्नको निम्ती कार्यक्रममा तमु खेगी गुरु ज्यु हरु, तमु प्ये ताँ ल्हु ताँ बिद तमु बुद्धिजिबी ज्युहरु, बोन धर्मका अभियानकर्ता तथा प्रबक्ता ज्युहरुको उपस्थिती रहेको थियो। जस्मा बोन धर्म अभियानकर्ता तथा तमु प्ये ल्हु संघ शाखा काठमाडौँ को अध्यक्ष्य पूर्व प्रहरी आई जि पि हेमबहादुर त्होर्जे तमु, तमु प्ये ल्हु संघ केन्द्रका संस्थापक, कोहिँबो धिं का परीकल्पनाकार तथा तमु प्ये ल्हु संघ युके शाखाका धार्मिक सल्लाहकार पच्यु पैँडी चिव यारजङ क्रोम्छे तमु, तमु प्ये ल्हु संघ केन्द्रका पूर्व अध्यक्ष्य तथा बोन धर्म अभियानकर्ता लेफ्टेनेन्ट ईन्द्रबहादुर क्याप्छें तमु, तमु प्ये ल्हु संघ केन्द्र पोखरा क्ल्हेप्री समितिका अध्यक्ष्य क्ल्हेप्री चिवा लोकबहादुर टु क्ल्हेप्री तमु, तमु प्ये ल्हु संघ युके शाखाका बिशेष सल्लाहकार तथा बोन धर्म अभियानकर्ता प्रोफेसर नारायण ल्हेँगे तमु, तमु प्ये ल्हु संघ केन्द्र पोखरा पच्यु समितिका अध्यक्ष्य पच्यु पैँडी चिव कुलप्रशाद क्रोम्छे तमु, र तमु प्ये ल्हु संघ केन्द्र पोखरा बोन्पो लम् समितिका अध्यक्ष्य लम् चिब गंग पैँगी लम् तमु ज्युहरुको उपस्थिती रहेको थियो।
उक्त्त कार्यक्रममा प्रथम बक्तको रुपमा बोल्नु हुँदै पूर्व प्रहरी आई जि पि तथा तमु प्ये ल्हु संघ शाखा काठमाडौँ का अध्यक्ष्य हेमबहादुर त्होर्जे तमुले हाम्रो तमुहरु संसारको जुनसुकै देशहरुमा बसोबास गर्दै आईरहेता पनि अबको जनगणनामा बिदेश मा रहेको आफ्नो परिवारको नाम दर्ता गराउनको लागि नेपालमा रहेको आफ्नो परिवार सँग समन्वय गरेर बिदेशमा रहेको पारिवारि सदस्य हरुको विवरण दिएर फार्म भर्न सकिने कुरा प्रस्ट पार्नु भयो। वहाँले आफ्नो भनाईलाई अगाढी बढाउनु हुँदै बिगतका दिनहरुमा जनगणनाको समयमा नेपाल सरकारले खटाईएका कर्मचारीहरुबाट सबै तमुहरुलाई मनोमानी धर्म लेखिदिएको कारणले हाम्रो तमु हरुको मौलिक धर्म सँस्कार सँस्कृति ओझेलमा परेको कारण अबको जनगणना अभियानमा हामीले योग्यतापूर्ण हाम्रो आफ्नै तमु नव युवाहरुलाई आयोगमा भर्न गराउने कामहरु भईरहेको कुरा जनाउनु भयो। र सबै तमुहरुलाई आफ्नो धर्मको ठाउँमा बोन धर्म लेख्न र लेख्न लगाउन अनुरोध गर्नु भएको थियो।

Пікірлер: 2
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 343 М.
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 47 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 120 МЛН
Kohibo Dheen ( क्होईबो धिं ) Tamu Pye Lhu Sangh
5:53
Tamu Pye Lhu Sangh
Рет қаралды 75 М.
POWERFUL RAMA mantra to remove negative energy - Shri Rama Rameti Rameti Mantra (1 hour)
1:03:16
Mahakatha - Meditation Mantras
Рет қаралды 3,2 МЛН
C Programming Tutorial for Beginners
3:46:13
freeCodeCamp.org
Рет қаралды 13 МЛН
PLAY THIS MIDNIGHT BATTLE PRAYER EVERY NIGHT AS YOU SLEEP | APOSTLE JOSHUA SELMAN
3:57:37
English Conversation 19 | Everyday English
26:55
English Conversation
Рет қаралды 8 МЛН
Youth Reactivation Project and Youth Interaction Programme (TPLSUK)
1:07:44
TAMU PYE LHU SANGH UK
Рет қаралды 2,5 М.
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 343 М.