Рет қаралды 2,143
[मानिस जीवितै जन्मिने सम्भावना कति होला ?]
प्रोटिनयुक्त शरीरमा जीवितै जन्मिने मानिसको सम्भावनाचाहिँ
लगातार ४० पटक चिट्ठाको प्रथम पुरस्कार जित्नुभन्दा पनि न्यून हुन्छ ।
अनन्त जीवन प्राप्त गर्न चाहने मानिसले परमेश्वरको वचनमा थपघट गर्नुहुँदैन भनेर
परमेश्वरले बाइबलमा अचूक वचन दिनुभएको छ ।
[परमेश्वरको मण्डलीमा पाइने
अनन्त जीवनको जीनोम म्यापिङ नै
स्वर्गीय पिता-माता हुनुहुन्छ]
येशूज्यू र सुरुको मण्डलीका प्रेरितहरूले पालन गरेका सबै नियमहरू
परमेश्वरको मण्डलीमा सुरक्षित छन् ।
प्रेरित पावल र यूहन्नाले
“निश्चय नै, माता परमेश्वर हुनुहुन्छ” भनेका छन्,
अनि आत्मिक हव्वा हुनुभएकी माता परमेश्वरले
मानव-जातिलाई अनन्त जीवन दिनुहुनेछ भनेर पनि बोध गराएका छन् ।
प्रकाश २२:१८-१९
यस पुस्तकको अगमवाणीका वचन सुन्ने
हरेक मानिसलाई म चेताउनी दिन्छु:
यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू
परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ ।
अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने,
यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट
त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ ।
उत्पत्ति १:२६-२७
अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा,
हाम्रै प्रतिरूपमा बनाऔं । …”
यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो ।
परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो ।
नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne