Рет қаралды 15
केही महिनाअघि जलकुम्भी झारले जकडिसकेको ललितपुर गोदावरी नपा-११ चापागाउँस्थित ‘तधं पुखु’ (भन्सार पोखरी) अहिले जलकुम्भी झारहित बनेको छ । स्थानीय सम्पदा अभियन्ताको पहलमा पोखरी पहिलेभन्दा सफा र सुन्दर देखिएको छ । तथापि, पोखरी पुनर्निर्माण कार्य रोकिएको भने केही वर्ष बितिसकेको छ ।