Рет қаралды 24
ललितपुर लगनखेलबाट झन्डै ८ किलोमिटर दक्षिण पूर्व थुम्कोमा अवस्थित प्रसिद्ध महादेव मन्दिर हो, सन्तानेश्वर । गोदावरी नगरपालिका-१३ झरुवाराशीस्थित महादेव मन्दिर समुन्द्री सतहबाट १ हजार ५ सय ७ मिटर उचाईमा रहेको छ । कैलाश पर्वत शिखर पुग्न फेदीबाट ३ सय ६६ सिँढी उक्लनुपर्छ । जसको दूरी सय मिटर छ ।