लागू अौषधी नियन्त्रण कानून, कसुर तथा दण्ड सजाय के कस्ताे छ। Criminal law of Nepal

  Рет қаралды 676

Lawyerlogy

Lawyerlogy

4 жыл бұрын

१४. दण्ड सजाय : (१): दफा ४ अन्तर्गत निषेध गरिएका कार्य गर्ने व्यक्तिलाई अपराधको मात्रा अनुसार देहाय बमोजिम सजाय हुनेछ :
(क) गाँजा सेवन गर्ने व्यक्तिलाई एक महीनासम्म कैद वा दुईहजार रुपैयाँसम्म जरिवाना ।
१५. आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई सजाय : कुनै घर,जग्गा वा सवारीको धनीले वा त्यसको भोग चलन गर्ने व्यक्तिलाई जानी जानी त्यस्तो घर, जग्गा वा सवारीमा दफा ४ अन्तर्गत निषेध गरिएको कुनै कार्य गर्न अनुमति दिएमा निजलाई छ महीनादेखि पाँच वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । घर, जग्गा वा सवारी धनीले नै अपराध गरेकोमा वा अपराध गर्न अनुमति दिएकोमा त्यस्तो घर, जग्गा वा
सवारी समेत जफत हुन सक्नेछ ।
१६. बारम्बार अपराध गर्नेलाई थप सजाय : यस ऐन अन्तर्गत एक पटक सजाय पाइसकेको व्यक्तिले पुनः यसै ऐन अन्तर्गत अपराध गरेमा निजलाई त्यस्तो पछिल्लो प्रत्येक पटकको निमित्त तोकिएको सजायमा थप पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
१७. अपराध गर्न षडयन्त्र गर्ने, उद्योग गर्ने, दुरुत्साहन गर्ने र मतियार हुनेलाई सजाय : यस ऐन
अन्तर्गत सजाय हुने, अपराध गर्ने, षडयन्त्र वा उद्योग गर्ने, त्यस्तो अपराध गर्न अरुलाई दुरुत्साहन गर्ने वा त्यस्तो अपराध गर्नमा मतियार हुने व्यक्तिलाई सोही अपराध गरे बापत हुने सजायको आधी सजाय हुनेछ ।
१७क. लागू औषधको विश्वास पारी अन्य पदार्थको कारोबार गर्नेलाई सजाय : लागू औषध बाहेकको अन्य कुनै पदार्थलाई लागू औषध भन्ने विश्वासमा पारी त्यस्तो कारोबार, बेच-बिखन, निकासी-पैठारी, सञ्चय, उत्पादन समेतको कार्य गर्ने व्यक्ति वा गिरोहलाई सो अपराध गरे बापत हुने सजायको आधा सजाय हुनेछ ।
१७ख. लागू औषधसंग सम्बन्धित विवरण वा लिखत नदिनेलाई सजाय ः लागू औषधको विवरण लिने सिलसिलामा औषध नियन्त्रण अधिकारी वा अनुसन्धान अधिकारीले कुनै व्यक्ति, संघ-संस्था वा संगठनसंग माग गरेको कुनै विवरण वा लिखत नदिएमा त्यस्तो व्यक्ति, संघ-संस्था वा संगठनलाई सोही अपराध गरे बापत हुने सजायको आधा सजाय हुनेछ ।

Пікірлер: 1
@user-hb2oe5hb6j
@user-hb2oe5hb6j 5 ай бұрын
Sir braunsugar khane lai chai kati jel hunxa😊
Orladad's Brown Sugar Experiences
18:58
Sanjay Silwal Gupta
Рет қаралды 296 М.
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 19 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 39 МЛН
Ouch.. 🤕
00:30
Celine & Michiel
Рет қаралды 28 МЛН
Советы на всё лето 4 @postworkllc
00:23
История одного вокалиста
Рет қаралды 4,8 МЛН
Life imprisonment(जन्म कैद) for heinous crimes in Nepal.
2:40
Advocate Pritam Tamang
Рет қаралды 15 М.
EU NIS 2 Directive: New obligations and tools
16:47
Cyen - Cybersecurity
Рет қаралды 2,6 М.
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 19 МЛН