Рет қаралды 12,980
‘मेरो गाउँ, मेरो ठाउँ’ मा पुरस्कृत राईनास नेपालकै उत्कृष्ट होमस्टे !!!
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगितामा बेष्ट भिडियो अफ द ईयर विधामा दोस्रो पुरस्कार जित्न सफल लमजुङको राईनासलाई मुलुककै उत्कृष्ट होमस्टे घोषणा गरिएको छ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले उत्कृष्टको सूचिमा राखिएको ३ गाउँ राइनासकोट, मुगुको मुर्मा, रामेछापको दोरम्बा मध्ये राइनास नगरपालिका-९ स्थित राइनासकोट होमस्टे लाई उत्कृष्ट ठहर गरेको हो । २०७२ वैशाख १२ को भूकम्पमा परेर घरहरू भत्किएपछि अमेरिकी नागरिक नताशा वजनाइक को सहयोगमा राइनासकोटका १४ घर पुनर्निर्माण गरिएको थियो । पुनर्निर्माणपछि उक्त घरहरूलाई होमस्टेको रुपमा विकसित गरिएको हो ।
देशैभर ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागर गर्ने प्रयास अनुरुप वी विल राईज फाउण्डेसनले आयोजना गरेको ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जमा विक्रम न्योपानेले निर्माण गरेको वृत्तचित्र प्रतियोगितामा प्राप्त १ सय ३२ भिडियोहरु मध्ये दोस्रो भएको थियो । यसले पनि राइनासकोटको पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको सरोकारवालाहरु बताउँछन् ।
राइनासकोटबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, डा.हर्क हिमाल, गणेश, माछापुच्छ्रे, लमजुङ लगायत करीब दुई दर्जन हिमशृंखला नियाल्न सकिन्छ । १५ औं सताब्दीमा तत्कालीन लमजुङका राजा यशोब्रह्म शाहका कान्छो छोरा द्रब्य शाह राइनासकोटमा बसेको इतिहास छ । राइनासकोट भन्दा पारीपट्टी गोरखाको लिगलिगकोटमा दौड जितेपछि उनी उक्त क्षेत्रको राजा बनेका थिए । राइनासकोटमा बाइसेचौबिसे राज्य शासनकालमा निर्माण गरिएका किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट तथा गढी छन् । तनहुँबाट लमजुङ प्रवेशद्वार पाउँदीबाट करीब ३ घण्टाको पैदल वा २ घण्टाको सवारी यात्रापछि राइनासकोट पुग्न सकिन्छ ।
The Biggest Ever
Tourism Destination Award
‘मेरो गाउँ, मेरो ठाउँ’
-------------
Best Video of the Year 2019-1st Runner Up
Rainaas
Writer/Narrator/Producer: Bikram Neupane
Editor: Hari Silwal
Camera: Bipin Shrivastav
www.wwrf.org.np
#Rainaas #wewillrise #Videochallenge #merogaunmerothau #experienceNepal #NepalTourismBoard #VisitNepal2020