Рет қаралды 1,140,108
Nepali quotes | man chhune bhanai haru | Nepali heart touching lines.
(संगतको प्रभाव)
"सकेसम्म खराब संगतबाट टाढा हुनुहोस्, किनकि संगतको असर तपाईंमाथि हुन्छ, तर बदनामी तपाईंका आमा-बुवाको हुने गर्छ।"
(प्रेमको महत्व)
"प्रेमको सम्बन्ध हात र आँखाजस्तै हुनुपर्छ। जब हातलाई चोट लाग्छ, तब आँखाले आँशु बगाउँछ, र जब आँखाले आँशु बगाउँछ, तब हातले पुछिदिन्छ।"
(मायाको गहिराइ)
"तिमीले दु:ख दिए पनि, जसले तिमीसँग अलिकति पनि गुनासो गर्दैन, उसले तिमीलाई सबैभन्दा बढी माया गरेको हुन्छ।"
(जीवनका परीक्षणहरू)
"छोराको परीक्षा विवाहपछि हुन्छ, छोरीको परीक्षा जवानीमा हुन्छ, श्रीमानको परीक्षा श्रीमती बिरामी भएको बेला हुन्छ, श्रीमतीको परीक्षा श्रीमान गरीब भएको बेला हुन्छ, मित्रको परीक्षा समस्या आएपछि हुन्छ, भाइको परीक्षा लडाईमा हुन्छ।"
(कर्मको महत्व)
"मृत्युपछि तिम्रो श्रीमती घरसम्म, समाज मसानघाटसम्म र छोरा अग्निदानसम्म मात्र साथ हुन्छ, तर तिम्रो कर्म मात्र यस्तो चीज हो जुन ईश्वरको अन्तिम निर्णयसम्म साथ हुन्छ।"
(मनको वेदना)
"मान्छेहरू भन्ने गर्छन्, जब कोही आफ्नो मान्छे टाढा जान्छ, तब मन दुख्छ, तर म भन्छु, जब कोही आफ्नो मान्छे नजिक भएर पनि पराइजस्तो व्यवहार गर्छ, तब मन दुख्छ।"
(अभिमान र स्वाभिमान)
"आफ्नो अभिमानलाई आउन नदेउ र स्वाभिमानलाई जान नदेउ, किनकि अभिमानले तिमीलाई उठ्न दिँदैन र स्वाभिमानले गिर्न दिँदैन।"
(नयाँ शुरुवात)
"तपाईंको हिजो जति नै नराम्रो भए पनि, फेरि आज तपाईंले नयाँ सुरुवात गर्न सक्नुहुन्छ, जसरी हर रातपछि एउटा नयाँ बिहानीको आगमन हुन्छ।"
(मानवीय विचित्रता)
"मान्छेको समझ पनि अचम्मको हुन्छ, आफूलाई जनावरसँग उत्तुलो गर्न मन्दैन, तर कुकुर भन्यो भने रिसाउँछ, मन दुखाउँछ, तर सिंह भन्यो भने खुसी हुन्छ, तर हकिकतमा दुवै जनावर हुन।"
(सोचको महत्व)
"यदि खेतमा बाली लगाइएन भने प्रकृतिले त्यसमा घाँसफूस उगाइदिन्छ, ठिक त्यसैगरी दिमागमा सकारात्मक सोच जगाइएन भने नकारात्मक सोचले आफ्नो ठाउँ बनाइदिन्छ।"
Medha is the solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited if found proper action will be taken. (Embedding to the websites is allowed)