पर्चाकारिता पत्रकारिता होइन

  Рет қаралды 2,175

Binu Pokhrel

Binu Pokhrel

Күн бұрын

GUEST: Ram Krishna Regmi
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
Dress : Bipu Collection koteshwor
(Phone: (9843175755)
भिडियो भित्र : Samyak Samyad on journalism
प्रियजन आत्मिय नमस्कार
पश्चिम नेपालका बुढाबुढीको मुखमा एउटा भनाई थ्यो ।- रैवारे मरगयापन रैवार नैमरिजावस् । यसको अर्थ हो- सूचना दिने व्यक्ति मरे पनि सूचना बाँचिरहस् या त्यसको सत्यता जागा रहोस् । यो उखान मात्र नभएर सूचनालाई जीवन भन्दा माथि राख्ने संचारको एक विशिष्ट दर्शन थियो ।
तर आज
आज त
मिडियाको व्यवसायिक निष्पक्षताको विषयमा एउटा प्रचलित भनाइ छ- उहिले खबरहरु छापिन्थे र पत्रपत्रिकाहरु विक्री हुन्थे । अहिले खबरहरु विक्री हुन्छन् र त्यसपछि बल्ल पत्रपत्रिकाहरु छापिन्छन् ।
अर्थात् छापिनु भन्दा अगाडि नै खबरहरु विक्री भइसक्छन् या मरिसक्छन् । अनि पहिल्यै खबर किन्नेको स्वार्थ अनुसार समाजलाई ‘इमोशनल म्यानुपुलेसन र ब्रेन वास गरिन्छ ।
तर नि यस्तो क्रम बढेको धेरै भएको भने छैन । झण्डै आधा दशक यता हाम्रा मुलधारका मानिने मिडियाहरुलाई फर्केर हे¥यौं भने थाहा हुन्छ - केही ठूला भनिएका मिडिया आफूले चाहेको उस्तै दल, व्यापारिक घराना, व्यक्ति वा समुहलाई कसरी नायक बनाउँछन् र नचाहेका दल, घराना,व्यक्ति वा समुहलाई खलनायक बनाउँछन्,घेर्छन, ठोक्छन्, पेल्छन्, टाट पल्टाएर र पाखा लगाइदिन्छन् भनेर प्रष्ट देखिन्छ ।
अझ मुलधारका भनिएका सञ्चार माध्यमहरु सामुहिक रुपमा मिलेरै पहिले आफ्नो पोजिसन तय गर्छन् र अदालतका विचाराधीन मुद्दामा पनि उनिहरुका फैसला लेख्छन् । अनि त्यसलाई पुष्टि गर्न निरन्तर फलोअप स्टोरी लेख्छन् । सत्यको पक्षमा रहनु पत्रकारिता को धर्म हो तर यसरी आफूले फेबर गरेकाको हकमा वकालत गर्नु र विरोध गरेकाको हकमा फैसला गर्नु र अप्रमाणिक सूचनाहरुमा विचार प्रभाव गर्नुलाई चै मिडियाको धर्म हो जस्तो बनाइएको छ अहिले ।
यो यति छर्लङ्ग छ कि सञ्चार माध्यममा पाठक वा दर्शकले अहिले खबर भन्दा पहिला खबर लेख्ने वा प्रसारण गर्नेको उद्देश्य पढ्छन् । सञ्चार माध्यममा समाचार भन्दा पहिले समाचार लेख्नुको कारण थाहा पाउँछन् । यो सहजता सूचनामा पहुँजका कारण भएको हो । त्यसैले आज मिडिया हाउस भन्दा एक साभारण मान्छेहरु शक्तिसाली लाग्छन् । किनकि उनिहरु सुचनाको सुद्धतामा हुन्छन् ।
समग्रमा भन्दा यो सत्य हो आधुनिक सूचना प्रविधिले सञ्चार माध्यमको दायरा त बढ्दै गएको छ तर यसप्रतिको विश्वसनीयता लगभग लगभग समाप्त भैसकेको छ ।
०००
तर प्रश्न यो छ कि संचार माध्यम भनेको समाजलाई मृत हुन नदिने एक ससक्त अंग हो । यो नभै पनि समाज उसैगरी अघि बढ्न सक्दैन । तर विश्वसनियता गसमाउँदै गुमाउँदैगएको संचार जगत अब कसरी अघि बढ्छ ? नेपाली पत्रकारितामा यस्तै अवस्था भोगेको कुनै इतिहास छ ? पत्रकारिता क्षेत्रमा आत्मा आलोचना भन्ने हुन्छकि हुँदैन ?के पत्रकारिताको त्यो साख फेरि उठाउँन सम्भव छ ? छ भने त्यसको स्वरुप कस्तो हुन्छ र पात्र को हुन्छन्
यिनै प्रश्नहरुमा रहेर आज हामी सम्यक् संवाद गर्दैछौं । सामाजिक न्याय बोकेका यस्ता गहन प्रश्नहरुमा सम्यक् संवाद गर्न आज हामीसँग हुनुहुन्छ सत्य सूचना पस्कदैनौं भने तिमीलाई म पत्रकार हुँ भन्ने कुनै हक छैन भन्ने सिद्धान्तमा अढिक नेपाली पत्रकारिताका ‘गुरु पत्रकार’ रामकृष्ण रेग्मी । चार दशक देखि सक्रिय पत्रकारितामा रहुनभएको प्रा. डा. रेग्मी पत्रकारिता क्षेत्रका गुरुहरुका र सम्पादकहरुका पनि गुरु हुनुहुन्छ ।
आउनुस् अबको एक घण्टा समाजलाई पुनजिवित गर्न सक्ने पत्रकारितालाई नै पुर्नजिवित गराउने गुरुसँगको यो संवादमा जोडियौं ।
[ content here ]
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Binu Pokharel Clips)

Пікірлер: 8
@SumitraRegmi-f9w
@SumitraRegmi-f9w 8 ай бұрын
समाचार बिकाउ हुदै गैरहेको देखेर समाचार सुन्ने र हेर्ने बानी हरायो बरु आध्यात्मिक भिडियो हेरेर मनलाइआन्नद हुन्छ
@binupokharel8819
@binupokharel8819 8 ай бұрын
है? 🙏🙏
@testlaif9576
@testlaif9576 7 ай бұрын
Sem sir
@testlaif9576
@testlaif9576 7 ай бұрын
❤️👌😭bisaye sarai dukha ko chh tar kasaile garn kehi chahadaina na lin sabai chahanchh na
@YashreeBhattarai
@YashreeBhattarai 7 ай бұрын
Guru 🙏🙏
@ramppokharel
@ramppokharel 8 ай бұрын
गजबको 👍️👍️
@LilaKhanal-zh1jt
@LilaKhanal-zh1jt 8 ай бұрын
wow excellent nini
@BidurPokhrel-ci8jb
@BidurPokhrel-ci8jb 8 ай бұрын
Excellently di
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН
On Air With Sanjay #508 - Jagdish Kharel
2:01:03
Sanjay Silwal Gupta
Рет қаралды 282 М.
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН