प्राथमिक स्कूलहरुको विविध समस्याहरू बारे जीटीए प्रिन्सिपल सेक्रेटरीसित भेट !!!

  Рет қаралды 1,060

HIMALI CHANNEL DARJEELING

HIMALI CHANNEL DARJEELING

4 күн бұрын

दार्जीलिङ 5 जुलाई (दीपक राई) प्राथमिक पाठशालाहरुको विविध समस्याहरू बारे जीटीए प्रिन्सिपल सेक्रेटरी सौम्य पुरकेतसित हिल तराई प्राथमिक शिक्षक एशोसिएसन केन्द्रिय समितिले भेटघाट गर्ने कार्यक्रम ग-यो। केन्द्रिय अध्यक्ष शैलेश चन्द्र छेत्री केन्द्रिय प्रवक्ता शिशिर राई केन्द्रिय उपाध्यक्ष पी एम तामाङको विशेष प्रतिनिधित्वमा भेटघाट गर्ने कार्यक्रम गरियो। यसदिन प्रिन्सिपल सेक्रेटरी सौम्य पुरकेतलाई नानीहरूको युनिफर्म सठिक
नाप र स्तरीय नभएको बारे अवगत गराईयो। यस बारे सेक्रेटरी पुरकेतले पहिलो फेसको स्वीकार गर्ने अपिल गरे भने दोस्रो फेस देखि युनियनको निर्णय अनुसार व्यवस्था गरिदिने आश्वासन दिए। यसरी नै नानीहरूको मध्यान्ह भोजनको दर एकदमै कम रहेकोले धेरै असुविधाहरु शिक्षकहरुले झेल्दै आईरहेको विषय पनि जनाउने कार्य गरियो। यस बारे सेक्रेटरी पुरकेतले समितीलाई खाद्य सामग्रीहरूको दर बनाएर बुझाउने सुझाव दिएको केन्द्रिय अध्यक्ष शैलेश चन्द्र छेत्रीले बताए। कतिपय स्कूल भवनहरुको अवस्था जीर्ण रहेको र पानीको असुविधाहरु आदि रहेको बारे पनि संगठनले अवगत गराएको छेत्रीले बताए। जीटीए क्षेत्रमा अहिलेसम्म ई पेन्सनको सुविधा शिक्षक शिक्षिकाहरुले पाएका छैनन्। सो बारे पनि जीटीए प्रिन्सिपल सेक्रेटरी सौम्य पुरकेतलाई जनाएको बताउँदै यस सन्दर्भ चाँडै सुविधा उपलब्ध गराई दिने प्रिन्सिपल सेक्रेटरी विश्वस्त गराएको केन्द्रिय प्रवक्ता शिशिर राईले जनाए। आगमी वर्षको सत्र देखि जीटीए क्षेत्रमा नानीहरूको किताबहरू स्थानीय भाषा अनुसार प्रकाशित हुने पनि प्रवक्ता राईले बताए। यसदिन विभिन्न क्षेत्र समितीहरुको सचिव र सभापतिहरुको उपस्थिति रहेको थियो।

Пікірлер: 1
@simonrai8347
@simonrai8347 3 күн бұрын
नानीहरूलाई राम्ररी पढाउ चाहिँ प्रिन्सिपल सेक्रेटरी ले भनेन।मिड डे मिल को पैसा कम्ती भयेछ। राम्रो पढाउछौ, पैसा बढाउनु पर्छ भन्नु पर्ने थियो।
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 48 МЛН
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 13 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН