Рет қаралды 35,820
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
[जीवनको रूखतर्फ जान सक्ने गरी पाप-क्षमाको अनुमतिचाहिँ आराधनाद्वारा प्राप्त हुन्छ]
पुरानो करारको बलिदानमा पापीहरूको पश्चात्ताप र प्रायश्चितको अर्थ समावेश छ ।
आदम र हव्वाले पहिलो पाप गरेपछि परमेश्वरले कयिन र हाबिललाई
जीवनको रूखतर्फ फेरि जान सकिने बलिदान चढाउन लगाउनुभयो ।
मोशाको समयसम्म लगातार चढाइएको बलिदानचाहिँ
नयाँ करारमा आएर आराधनामा परिवर्तन भयो ।
[पशुहरूको सट्टामा पापबलि हुनुभएका येशू ख्रीष्ट, आन साङ होङज्यू]
परमेश्वरमा चढाइने आराधनाविना कदापि पाप-क्षमा पाउन सकिँदैन ।
पुरानो करारको सबै आराधनामा पापीहरूको सट्टामा पशुहरूको रगत बगाइन्थ्यो भने
नयाँ करारको समयमा चाहिँ येशू ख्रीष्ट स्वयम् पापबलिको रूपमा बलिदान हुनुभयो ।
यसकारण येशूज्यूले आफ्नो बलिदानद्वारा स्थापना गर्नुभएका सबै आराधनाहरू
हामीले आत्मा र सत्यतामा गर्नुपर्छ ।
[मल्कीसेदेकको दर्जाअनुसार आउनुभएका प्रधान पूजाहारी आन साङ होङज्यू]
येशूज्यू प्रधान पूजाहारीको पदमा नियुक्त हुनुभयो भन्ने यथार्थतामा
हामीले निरन्तर आराधना गर्नुपर्छ भन्ने अर्थ रहेको छ ।
परमेश्वरको मण्डलीका सन्तहरूले शबाथ-दिन, निस्तार-चाड लगायतका
सबै आराधनाहरू गर्दै परमेश्वरले प्रतिज्ञा गर्नुभएको पाप-क्षमा र स्वर्गको आशा लिइरहेका छन् ।
हिब्रू ५:९-१०
... र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति
उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो । मल्कीसेदेकको दर्जाअनुसार
प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो ।
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com