Рет қаралды 79,724
भोजपुरका नवराज राई बैदेशिक रोजगारीको सिलसिलामा पहिलो पटक २०५३ सालमा काठमाडौ आउनु भयो । त्यही साल साउदी अरबमा रोजगारीको लागि जानु भयो । साउदी अरबमा काम गर्दा गर्दै २०६२ सालमा नेपाल आउँदा दक्षिण कोरियाको लागि आबेदन दिनु भयो । दक्षिण कोरियाको लागि पनि काम गर्न छनौट भए पछि उहाँ दक्षिण कोरियामा रोजगारीको लागि जानु भयो । कोरियामा राम्रो आम्दानी हुँदाहुँदै उहाँको सन २०११ मा भिषा सकिए पछि नेपाल फर्किएनु भएको नवराज राई फेरी विदेशमा नजाने विचारले स्वदेशमै केही गर्छु भनेर लाग्नु भयो । विदेशको अनुभवले उहाँलाई बंगुर पालन पेशाले आफुपनि स्वरोजगार हुने आफ्ना परिवारलाई पनि रोजगारी मिल्ने ठानेर भक्तपुरको दघिकोटमा अरुको जग्गा भाडामा लिएर बंगुर पालन गर्ने विचार राख्नु भयो ।
दक्षिण कोरिया र साउदी अरव बस्दा बचाएको अलि अलि पैसाले भक्तपुरको दघिकोटमा जग्गा किनेर आफ्नै घर बनाउनु भएका नवराज राईले आफ्नै घर नजिकै ६ वर्ष अघि देखि जम्मा ४ वटा बंगुर पालनबाट सुरु गर्नु भएको उहाँको फार्ममा अहिले एक सय भन्दा बढि बंगुरका माउ पाठा र मासुका लागि तयार भएका बंगुर छन । व्यवसायमा सफल हुन मेहेनत ईमान्दारीता र धैर्यता हुनु पर्ने विचार राख्नु हुने बंगुर पालक किसान नवराज राईसंग हामीले कुराकानी गरेका छौ ।
यदि तपाईहरु पनि ब्यवसायिक रुपमा बंगुर पालन गर्न पाठा पाठी खरिद तथा बंगुरको मासु विक्री गरी व्यवसायिक बन्न चाहनु हुन्छ भने नवराज राईको अआ कृषि पशुपालन फार्म सुर्यविनायक नपा ४ दघिकोटमा गएर हेर्न तथा बुझ्न सक्नु हुन्छ । सम्पर्क नम्बर नबराज राई ९८४१२८०२९४ ।
तपाईले पनि व्यवसायिक रुपमा तरकारी तथा पशुपालन गर्नु भएको छ र तपाई पनि हाम्रो कृषि डबली मार्फत आफ्नो अनुभव साटासाट गर्न चाहनु हुन्छ भने हामीलाई ९८४१२९८२४९ / ९८५१०८४००१ मा सम्र्पक गरी आफ्नो फार्मको नाम र ठेगाना टिपाउन सक्नु हुनेछ ।