Рет қаралды 291
इतिहासको ठूलो विडम्बना- दलितमाथि लेखिएको उपन्यास जूनकीरीको सङ्गीत आफैं दलनमा पर्यो !
दलितमाझ पनि यो पुस्तक प्रेमपूर्वक पढिएन, त्यो बेलाको गतिमान कम्युनिष्टहरुमाझ पनि पढिएन । पाठकीय परीक्षामा बस्न नपाइकनै यो उपन्यासलाई फेला बनाइयो ।
उपन्यासमा कहीँ कतै पनि एनजीओको गौरवगान गरिएको छैन । कम्युनिष्टको पहलमा सबै गतिविधि प्रारम्भ भएको तथा प्रक्रियाको एउटा चरणसम्म यसले जागरणकारी काम गरेको भए तापनि अन्ततः एनजीओले आफ्नो चरित्र देखाउँछ । एनजीओले निर्माण गर्ने चेतना भनेको मिथ्या चेतना हो ।
मैले ‘जुनकिरीको सङ्गीत’भरि कम्युनिष्ट आदर्श, सिद्धान्त र कम्युनिष्टहरुको उत्सर्गमाथि कहीँ पनि प्रश्न उठाएको छैन । मेरो मनको कुनै पनि कुनामा अपमान गर्ने अभिप्राय कहिल्यै पनि भएन ।