Рет қаралды 425
भर्खरै मात्रै नेपाल मगर संघले आफ्नो २८ औँ राष्ट्रिय सम्मेलन गोरखामा जेठ १२ र १३ गते भव्य रुपमा सम्पन्न गरेको छ । भव्य रुपमा सम्पन्न भएको भनिएको सम्मेलनको उपलब्धी, सन्देश के हो त लगायतका वियषमा नेपाल मगर संघका सह अध्यक्ष गंगा थापा मगरसँग पत्रकार श्याम राना मगरले गर्नुभएको छोटो कुराकानीलाई यस मगर म्युजियममा संग्रहित गरिएको छ ।