लोकप्रिय सर्जक भगवान भण्डारीको लय तथा शब्द सृजनामा रहेको "देउरालीको चौतारीमा हावा चल्यो सरर" बोलको यो तीज गीत शर्मिला गुरुङको सर्बाधिक सफल तीज गीति एल्बम "माईतीको सम्झना" मा समाबेस भएको गीत हो। जुन गीतलाई तत्कालिन समयमा अत्याधिक मात्रामा रुचाइएको थियो। आज आएर बर्षौंपछि लाइभमा सुन्दा पनि यो गीतको मिठास उत्तिकै छ भन्ने लाग्दछ।