Dhorpatan Janai Purnima Mela 2081- ढोरपाटनमा चाहेको बर माग्दा पूरा हुने विश्वास रही आएको छ।

  Рет қаралды 1,827

Narsingkot Media

Narsingkot Media

Күн бұрын

जनै पूर्णिमाको अवसरमा हामीले ढोरपाटनमा लिएको भिडियो तपाईंहरू माझ प्रस्तुत गरेका छौँ ऐतीहासिक जनै पूर्णिमा को अवसरमा ढोर बाराही मन्दिरमा आएर आफूले चाहेको बर मागेमा बर पुरा हुने विश्वास रही आएको छ ।
#dhorpatan
#baglung
बागलुङको बुर्तिबाङ बजारदेखि ३६ किलाेमिटरको कच्ची सडक, सुन्दर बोबाङ गाउँ हुँदै बिस्तारै उकालो लागेपछि ढोरपाटन छिर्ने नाकाको रूपमा रहेको देउराली पुगिन्छ । देउराली डाँडामा नाउर र झारलको स्तम्भ छ । त्यहाँबाट तलतिर हेर्दा मनोरम समथर ढोरपाटन देखिन्छ। ढोरपाटन पुगेपछि पर्यटकको सबै थकान यहाँको प्राकृतिक मनोरम दृश्यले नै मेटाइदिन्छ ।
ढोरपाटन पर्यटनको गज्जब गन्तव्यको रूपमा विकास भएको छ । त्यहाँ पुगेपछि सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रूपमा बनेका घर-गोठहरू र घोडचडीले पर्यटकको मन लोभ्याउँछ । यसका साथै सिकार आरक्षमा वर्षको दुईपटक आउने सिकारको मौसम यहाँको अर्को विशेषता हो । नेपालको एक मात्र सिकार आरक्षको रूपमा रहेको ढोरपाटन क्षेत्रमा रहेका उत्तरगंगा, ढोरबराह र यहाँको प्राकृतिक सौन्दर्यका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ। वर्षमा दुई सिजन सिकार खेल्न विदेशी पर्यटक यहाँ आउने गर्छन्। पछिल्ला दिनमा आन्तरिक पर्यटकको पनि घुइँचो लाग्ने गरेको छ।

Пікірлер
My daughter is creative when it comes to eating food #funny #comedy #cute #baby#smart girl
00:17
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 7 МЛН
dhorpatan janai purnimama panchebaja
4:19
ROSHAN MAGAR
Рет қаралды 8 М.