Рет қаралды 67,604
दर्शकवृन्द,
मोदी, हामी र शिवलिङग । सुची, कवि र चल्ला । गान्धी, सुशीलदा र हुस्सु । व्याकरण, राजनीति र भन्सार । भूगोल, इतिहास र ढुङगा । ट्रउमा, संविधानसभा र भोलि ।
प्राध्यापक डाक्टर अभि सुवेदीको लेखका केही शीर्Èक हुन् यी । धेरै पाठकहरुलाई छेउ न टुप्पोको लाग्ने कहीं कतैबाट साइनो नपर्ने शब्दहरुलाई जोडेर गहन लेख लेख्ने भनिने अभि सुवेदी कवि, निवन्धकार, नाटककार, समालोचक सबै हुनुहुन्छ । करिब चार दशक विश्वविद्यालयमा अग्रेजी भाÈा साहित्य पढाउनु भएका ७० वर्Èे प्राध्यापक डाक्टर अभि सुवेदी धेरै विद्यार्थीका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । उहाँलाई प्रायः सबैको अभि सर भनेर सम्बोधन गर्ने गर्छन । मन मिल्ने साथी भाइ वा विद्यार्थी पाए भने गफिन असाध्यै रुचाउने अभि सरको अग्लो व्यक्तित्व उहाँको अध्ययन र विश्लेÈण गर्ने खुबीले बनाएको हो ।
आज म उहाँको जीवनलाई जोडेर नेपाली समाजको बदलि“दो स्वरुपबारे बहस गर्नेछु ।
आउनुहोस स्वागत गरौं आजका हाम्रा अतिथि प्राध्यापक डा. अभि सुवेदीलाई ।